२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररौतहट १ जना र कैलालीमा १ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १४ पुग्यो

रौतहट १ जना र कैलालीमा १ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १४ पुग्यो


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोभिड-१९ पोजेटिभ देखिएको पुष्टी गरेको छ । सोमबार मन्त्रालयको नियमित पत्रकार बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटमा क्वारेन्टाइनमा बसिरहेका एक जना र कैलालीमा थप एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमुना परीक्षणमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिकाकी ६५ वर्षीया एक महिलामा कोभिड-१९ पोजेटिभ देखिएको हो । यस्तै, रौतहटमा क्वारेन्टाइनमा बसिरहेका एक १९ वर्षीय युवामा पनि कोभिड–१९ पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए ।

उनले कोभिड-१९ पोजेटिभ देखिएका ती युवकलाई अस्पताल लैजाने तयारी भैरहेको बताए । यससँगै कोभिड-१९ संक्रमितको संख्या नेपालमा १४ पुगेको छ ।

अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगन्जस्थित नारायणी अस्पतालमा ३ जना, बाग्लुङमा २ जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना कोभिड-१९ संक्रमितको उपचार भैरहेको छ । पहिलो कोभिड-१९ संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने रौतहटमा आज कोभिड १९ पुष्टी भएका युवकलाई अस्पताल लैजाने तयारी भैरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ