२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवैशाख १५ सम्म लकडाउन गर्ने सरकारको निर्णय

वैशाख १५ सम्म लकडाउन गर्ने सरकारको निर्णय


काठमाडौँ –  कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको समय पुन: लम्बिएको छ। मंगलबार मन्त्री परिषदमा बसेको बैठकले बुधबार सकिने लकडाउन बढाएर वैशाख १५ गतेसम्म पुर्याएको हो।

मंगलबार पनि २ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सरकारले लकडाउनमा थप कडाई गरेको छ। कोभिड १९ को संक्रमण  विस्तारै देखिदै गए पछि गत चैत्र ११ गतेबाट सुरु गरिएको लकडाउन सरकारले बढाउँदै लगेको हो।

हालसम्म नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जसमा एकजना पुर्ण रुपमा निको भइसकेका छन्। छिमेकी राष्ट्र भारतमा पनि कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गए पछि लकडाउनको अवधि बढाएर ३ मे सम्म पुर्याइएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ