२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसनसिटी अपार्टमेन्टमा बस्ने महिलाको रिपोर्ट नेगेटिभ

सनसिटी अपार्टमेन्टमा बस्ने महिलाको रिपोर्ट नेगेटिभ


काठमाडौं—काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोभिड—१९ को शंकामा अस्पताल भर्ना गरिएकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ।  बुधबार उक्त महिलाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

सोमबार उनी सहित परिवारका ३ जनालाई कोरोनाको आशंकामा पाटन अस्पताल लागिएको थियो।  मंगलबार ८१ वर्षीया वृद्धा र उनका ५७ वर्षका छोराको रिपोर्ट पोजेटिभ आएको थियो। सोहि दिन बुहारीको भने थ्रोट स्वाब पुन परिक्षण थालिएको थियो। टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा तीन जनामध्ये २ जनाका कोभिड—१९ पुष्टी भएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ