२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ : रेड, एल्लो र ग्रीन क्लष्टर छुट्याएर लकडाउन सहज बनाउन विज्ञको सुझाव

कोभिड–१९ : रेड, एल्लो र ग्रीन क्लष्टर छुट्याएर लकडाउन सहज बनाउन विज्ञको सुझाव


काठमाडौं–स्वास्थ्य विज्ञहरुले १५ बैशाखपछि अवस्था हेरेर लकडाउनलाई सहज बनाउदैं जानुपर्ने सुझाव दिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित विज्ञहरुसँग सल्लाह लिएको थियो ।

विज्ञहरुले अबका १२ दिन परिक्षणलाई द्रुत बनाएर संक्रमणको आधारमा क्षेत्र छुट्याएर काम गर्नुपर्ने सल्लाह दिएका हुन् । ‘अहिलेसम्म सरकारले लिएको नीति सही भएको र अबका दिनमा केही परिवर्तन गरेर जानुपर्ने सुझाव आएका छन्,’ स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘अबका दिनमा हरियो, पहेलो र रातो क्षेत्र बनाएर काम गर्नुपर्ने र त्यहीअनुसार लकडाउनलाई कार्यन्वयन गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।’

मन्त्रालयले स्वास्थ्य विज्ञहरु प्रा.डा. महेश मास्के, प्रा.डा. भगवान कोइराला, प्रा.डा. शरद वन्त, प्रा.डा. प्रदिप बैद्य, प्रा.डा. सुसन मरहठ्ठा, प्रा.डा. दुर्गा मिश्र, प्रा.डा. सरला केसी, डा लक्ष्मीराज पाठक, डा अनुप सुवेदी, डा लोचन कार्कीलगायतका विज्ञहरुसँग सल्लाह लिइएको थियो ।

विज्ञहरुले अहिले सरकारले गरिरहेको ¥यापिड टेष्ट किट र पिसिआर टेष्ट दुवै बढाउनुपर्ने, ¥यापिडमा नेगेटीभ आएपनि लक्षणका आधारमा पिसिआर पनि जाँच गरिनुपर्ने सुझाव दिएका थिएँ ।

सरकारका कोभिड नियन्त्रण संयन्त्रबीच समन्वय भएन

त्यसैगरी अहिले सरकारले विभिन्न तहमा बनाएका कोभिड नियन्त्रण संयन्त्रबीच समन्वय नभएको गुनासो गरेका थिए । उनीहरुले एउटै इन्सिडेन्ट कमाण्ड सिस्टम हुनुपर्ने र विभिन्न निकायमा गठन भएका टोलीको समन्वय, सहकार्य र सूचना आदानप्रदान हुनुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ