२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआवासीय चिकित्सक कुटिए, छानविन गर्न प्रहरीले बनायो समिति

आवासीय चिकित्सक कुटिए, छानविन गर्न प्रहरीले बनायो समिति


काठमाडौं–ड्युटी सकेर घर फर्कने क्रममा प्रहरीले तीन जना चिकित्सकमाथि कुटपिट गरेको छ । बुधबार साँझ ८ बजेतिर ड्युटी सकेर फर्कदै गरेका त्रिवि शिक्षण अस्पतालका डा. शम्भु खनाल, डा. तेजप्रसाद साह र कान्ति बाल अस्पतालका डा. विकास साहलाई प्रहरीले लखेटेर लाठीचार्ज गरेको हो ।

कुटपिट भएका चिकित्सकहरुले काम सकेर घर फर्कने क्रममा लकडाउनको उल्लंघन गरेको भन्दैं आफूहरुमाथि प्रहरीले लाठी चार्ज गरेको बताए ।

घटनालगतै चिकित्सा अध्ययन संस्थानको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले ज्यानको जोखिम उठाएर ड्युटीमा खटिएका मेडिसिन डिपार्टमेन्टका तीन जना रेजिडेन्ट डाक्टरमाथि परिचय पत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठीचार्ज र गाली गलौज भएको भन्दैं तत्काल छानविनको दायरामा ल्याउन र कारवाही अगाडि बढाउन आग्रह गरेको छ ।

यस्तै, रेजिडेन्ट एसोसियसन अफ न्याम्सले पनि घटनाको विरोध गर्दै चिकित्सकमाथि लाठीचार्ज र कुटपिट गर्ने प्रहरीमाथि छानविन र कारवाहीको माग गरेको छ ।

छानविन समिति गठन

चिकित्सकमाथि लाठीचार्ज भएको घटना बाहिरिएसँगै महानगरीय प्रहरी कार्यलय रानीपोखरीले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा घटनाबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ । उक्त समितिमा महानगरीय अपराध महाशाखाका एसपी एवं प्रवक्ता मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी तथा प्रवक्ता होविन्द्र बोगटी सदस्य छन् ।

एसएसपी किरण ब्रजाचार्यले घटनाको छानविन गरेर आफूहरुले प्रतिवेदन बुझाउने बताइन् । ‘हिजो राति अबेर छानविन समिति गठन भयो । अब काम थाल्छौं,’ उनले भनिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ