२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजिटुजीमार्फत भेन्टिलेटर, डायलाइसिस र इसिजी मेसिन आउने

जिटुजीमार्फत भेन्टिलेटर, डायलाइसिस र इसिजी मेसिन आउने


काठमाडौं–सरकारले जिटुजीमार्फत भारत र चीनबाट औषधी, सुरक्षा सामग्री र मेडिकल उपकरण आयात गर्ने भएको छ । जिटुजी प्रक्रियाबाट ल्याउने सामानको काम अन्तिम चरणमा पुगेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालय र मातहतको निकायबाट हुने खरिदलाई पनि निरन्तरता दिने भएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि खरिद गर्दा त्यसमा अनियमितता भएको भन्दै विरोध भएपछि सरकारले सेनालाई जिटुजीमार्फत खरिद गर्न दिएको थियो । सोहीअनुसार भारत र चीनसँग तीन चरणमा भिडियोमार्फत सामान हेर्ने काम भएको थियो ।

चीन र भारतबाट कोभिड–१९ संक्रमितको उपचारमा आवश्यक पर्ने सामानहरु ल्याइनेछ । मुख्य गरी व्यक्तिगत सुरक्षाका सामानहरु आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । पीपीईको मौज्दात ज्यादै न्युन छ । अस्पताल विकासका लागि अन्य मेडिकल उपकरणहरु पनि आउने उनले बताए ।

महानिर्देशक श्रेष्ठकाअनुसार अस्पताल विकासका लागि भेन्टिलेटर, इसिजी मेसिन, डायलाइसिस मेसिनसमेत ल्याइने भएको छ । बिरामी भेन्टिलेटरमा पुगेको खण्डमा डायलाइसिस समेत गर्नुपर्ने अवस्था आउने भएकाले जिटुजीमार्फत ती उपकरण पनि ल्याउने उनले बताए । तर, कति परिणाममा सामान आउँदैछन् भन्ने आफूहरुलाई जानकारी नभएको बताए । उनले ल्याबका सामान र पीपीई बढी मात्रामा आउने जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ