२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमा सेन्टरमा फलोअपका विरामीका लागि पुन: ओपिडी सुरु

ट्रमा सेन्टरमा फलोअपका विरामीका लागि पुन: ओपिडी सुरु


काठमाडौँ – ट्रमा सेन्टरमा फलोअपका विरामीका लागि पुन: ओपिडी सुरु हुने भएको छ । विश्वव्यापी महामारी बन्दै गएको कोभिड – १९ का कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा रोकेको राष्ट्रिय ट्रमा सेन्टरले विहिबारबाट पुराना आफ्नै विरामीलाई लिनुपर्ने ओपिडी सेवा संचालन गर्ने भएको हो ।

विगतमा अप्रेसन गरेर टाका काट्नुपर्ने, चिकित्सकसँग प्रत्यक्ष सल्लाह लिनुपर्ने, पुन: एक्स-रे गरेर हेर्नुपर्ने विरामीका लागि ओपिडी सेवा पुन सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । ‘यो महामारीको समयमा सबै विरामी आउँदा त गाह्रो हुन्छ ।’ उनले भने, ‘तर हिजो अप्रेसन गरेर घर पठाएका विरामीको टाका काट्ने, प्रत्यक्ष सल्लाह लिनै पर्ने, अति आवश्यक परेका विरामीको लागि ओपीडि पुन संचलानमा ल्याएका छौ ।’

उनले विरामीको जाँच गर्दा चिकित्सक र स्वास्थ्यकर्मीको सम्पूर्ण किसिमको सुरक्षा प्रदान गरिने समेत जानकारी दिए । सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवा संचालन नगर्न परिपत्र गरेपछि ट्रमाले आकस्मिक विरामीको उपचार गरी रहेको थियो । विहिबारबाटै पुराना फलोअपसँगै अत्यावश्यक उपचार पनि सुरु गरिने उनले बताए ।

अत्यावश्यक उपचार गर्दा शल्यक्रिया गर्नुपर्ने विरामीलाई भर्ना गर्नुपूर्व  ‘¥यापिड डाइग्नोस्टीक किट’बाट कोभिड १९ को परिक्षण गरेर मात्र भर्ना गर्ने र यदि विदेशबाट आएको शंकास्पद विरामी भएमा ‘पिसिआर’ विधिबाट जाँच गरी त्यसको रिपोर्ट  आएपछि शल्यक्रिया गरिने उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि दिन अघि मात्र कोभिड १९ उपचार गर्ने अस्पताल छुट्याएर अन्य अस्पतालबाट आवश्यक सेवा प्रवाह गर्न कोभिड १९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहको लागि अन्तरिम निर्देशिका जारी गरेको थियो । सोही निर्देशीकाको आधारमा कोभिड १९ बाहेक अन्य विरामीको स्वास्थ्य उपचारको दायरा बढाइएको डा. पौडेलको भनाई छ ।

मेडिसिन विभाग सुरु

ट्रमा सेन्टरमा  बुधबारबाटै छुट्टै मेडिसिन विभाग पनि सुरु भएको छ । न्यासका प्राडा सञ्जय ठाकुरको नेतृत्वमा सेन्टरको मेडिसिन विभाग बनाइएको हो । यस अघि ट्रमा सेन्टरमा भर्ना भएका कुनै पनि विरामीलाइ मेडिसिन सम्बन्धि समस्या भएमा वीर अस्पतालबाट चिकित्सक बोलाउनु पर्थ्यो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ