२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्यकर्मी संघद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने माथि कारवाही गर्न माग

नेपाल स्वास्थ्यकर्मी संघद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने माथि कारवाही गर्न माग


काठमाडौँ – नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध नेपाल स्वास्थ्यकर्मी संघले सुनसरीमा भएको घटनाप्रति घोर भर्सना गर्दै दोषी माथि कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ । विहिबार विज्ञप्ति जारी गर्दै संघले अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि अनेक बाहाना गरी सामाजिक तथा प्रशासनिक रुपमा प्रताडित गर्ने कार्य दिनप्रतिदिन बढ्दै गएकोमा ध्यानकर्षण भएको जनाउँदै दोषी माथि कारवाही गर्न माग गरेको हो ।

सुनसरी धरानमा बुधबार विहान स्वास्थ्य सेवामा खटिरहेका धरान नगरपालिका अन्तर्गत विष्णु पादुका स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट चन्द्र प्रकाश खनालमाथि प्रहरीले कुटपिट गरेको थियो।

त्यस्तै, स्वास्थ्यकर्मीलाई त्रासको माहोल उत्पन्न नगरी काम गर्ने वातावरण समेत निर्माण गर्न सरोकारवालालाई संघले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ