२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको बजेट सिलिङ ५४ अर्ब, अन्य मन्त्रालयको २० प्रतिशतले घट्यो

स्वास्थ्यको बजेट सिलिङ ५४ अर्ब, अन्य मन्त्रालयको २० प्रतिशतले घट्यो


काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्या मातहतका लागि ५३ अर्ब ८३ करोड ५४ लाख बराबरको सिलिङ तोकेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रलायलाई तोकेको सो सिलिङमा चालुतर्फ ३५ अर्ब ७४ करोड ९ लाख नबढाई कार्यक्रम तय गर्न भनेको छ ।

त्यसैगरी पुजीगततर्फ १८ अर्ब ८ करोड ५६ लाख नबढाई बजेट तर्जुमा गर्न भनेको हो । स्वास्थ्य मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार स्वास्थ्यतर्फको बजेटमा ३७ अर्ब ७७ करोड ४८ लाख आन्तरिक स्रोतबाट र ११ अर्ब ६५ करोड २३ लाख अनुदानबाट खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै, ४४ करोड ३८ लाख ऋण सहायताबाट खर्च हुने उल्लेख छ । स्वास्थ्यले पाउने कुल बजेटको १७ अर्ब निर्माणमा छुट्याएको छ ।

त्यस्तै, स्वास्थ्य बिमा कार्यक्रममा पनि बढी रकम छुट्याइएको छ । गत वर्ष ५ अर्ब रहेको बिमाको बजेट अहिले ६ अर्ब ५० करोड पु¥याइएको छ । अर्थमन्त्रालय स्रोतकाअनुसार अन्य मन्त्रालयमा २० प्रतिशत बजेट सिलिङ घटाएर योजना बनाउन भनिएको छ । तर, स्वास्थ्य र कृषि मन्त्रालयको भने बजेट सिलिङ घटाइएको छैन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ