२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ तयारी : ३ हजारसम्म सरकारीले धान्ने, ३ देखि १० हजार भए मेडिकल कलेजमा पठाइने

कोभिड—१९ तयारी : ३ हजारसम्म सरकारीले धान्ने, ३ देखि १० हजार भए मेडिकल कलेजमा पठाइने


काठमाडौं—नेपालमा २७ हजार मात्रै अस्पताल शैय्या रहेको छन् । हाल नेपालभरका २५ सरकारी अस्पतालले मुख्यगरी कोभिड—१९ का बिरामीको उपचारका लागि तोकिएका छन् । १६ निजी र २२ मेडिकल कलेज पनि तोकिएका छन् । तर, सरकारी अस्पतालका सबै शैय्या भरिएपछि निजीमा पठाइनेछ ।

स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा.गुणराज लोहनीले तीन हजार संक्रमितको उपचार गर्न सकिने व्यवस्था अहिले सरकारले मिलाएको बताए । उनका अनुसार सरकार ३ हजार संक्रमितको अनुमान गरेर काम गरिरहेको छ । त्यसका लागि २५ सरकारी ठुला अस्पतालले पुग्ने छ ।

देशभर १ सय २५ सरकारी अस्पताल संचालनमा छन् । ती अस्पतालहरुसँग ७ हजार मात्रै वेड क्षमता छ । ३ हजारभन्दा बढी बिरामी हुने अवस्था आए निजी स्वास्थ्य सस्था पूर्णरुपमा खाली गराउने डा. लोहनीले बताए । सरकारी अस्पतालमा भएका वेड संख्या भरिने बित्तिकै निजी मेडिकल कलेज र ठूला निजी अस्पताल खाली हुनेछन् । त्यसका लागि तयारी रहन स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पताललाई भनिएको छ ।

निजी अस्पतालहरुको संख्या ३६५ रहेको छ । १२ मेडिकल कलेज निजी क्षेत्रबाट सञ्चालित छन् । यी अस्पतालहरुमा २० हजार वेड शैय्या छन् । जस अनुसार नेपालभर २७ हजार बेड शैय्या छन् । ‘यो भन्दा बढी बिरामी संक्रमित भए कसरी र कहाँ राख्ने भन्नेमा अन्योल भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने ।

नेपाल मेडिकल काउन्सिल र त्रिभुवन विश्वविद्यालयले निजी अस्पतालहरुका सामान एकीकृत गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएका छन् । केभिड—१९ संक्रमितको उपचार गर्न आवश्यक पर्ने आईसीयु र भेन्टिलेटरजस्ता अत्यावश्यक उपकरण साना निजी अस्पतालमा बढी भएको भन्दै सबैका सामान सरकारले लिएर राख्नुपर्ने औल्याएका छन् ।

महामारी आए ठूला अस्पतालमा कोभिड—१९ र सानामा नियमित शल्यक्रिया सेवा संचालन गर्ने तयारीमा छलफल थालिएको छ । साना अस्पतालहरुमा पूरा समय काम गर्ने चिकित्सक छैनन् । सरकारी अस्पताल र मेडिकल कलेजका चिकित्सकले उनीहरुको सेवा चलेको काउन्सिलको भनाइ छ । निजी अस्पतालमा बिएण्डबी, नर्भिक, मेडिसिटी र ग्राण्डीमा मात्रै केही पूरा समय काम गर्ने चिकित्सक छन् । कोभिड—१९ बढ्दै जान थालेपछि अस्पतालको वर्गीकरण गरेर सेवा एकिन गर्नुपर्ने आवाज उठेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ