२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकै दिन ८ जनामा कोभिड–१९ पोजेटिभ, प्रदेश १ मा ६ जना र चितवनमा दुई जनामा पोजेटिभ देखियो

एकै दिन ८ जनामा कोभिड–१९ पोजेटिभ, प्रदेश १ मा ६ जना र चितवनमा दुई जनामा पोजेटिभ देखियो


काठमाडौं–नेपालमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसारका प्रदेश १ मा ६ जना र चितवनमा २ जना गरी ८ जनामा एकैदिन कोभिड–१९ पोजेटिभ देखिएको हो ।

कोभिड–१९ पोजेटिभ देखिए का सबै भारतबाट आएकाहरु रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । कोशी अस्पताल रहेको प्रयोगशालामा थ्रोट स्वाब परिक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको हो ।

यस्तै, चितवनमा २ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । एकै दिन ८ जनामा कोभिड १९ पोजेटिभ देखिएको नेपालमा पहिलो पटक हो ।  यसअघि एकैदिन तीन जनासम्ममा कोभिड–१९ पुष्टी भएको थियो ।

यसँसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या २४ पुगेको छ । जसमध्ये पहिलो कोभिड १९ संक्रमित व्यक्ति भनेर उपचार पश्चात घर फर्किसकेका छन् ।

अन्य संक्रमितमध्ये ५ जनाको सेती प्रादेशिक अस्पताल, २ जनाको टेकु अस्पताल, २ जनाको बाग्लुङस्थित धौलागिरी अस्पताल र ४ जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । यस्तै, पाटन अस्पतालमा २ जना संक्रमितको उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ