२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउदयपुरमा थप ६ सहित १४ जनामा कोभिड-१९ पुष्टी, अधिकांश भारतीय नागरिक

उदयपुरमा थप ६ सहित १४ जनामा कोभिड-१९ पुष्टी, अधिकांश भारतीय नागरिक


काठमाडौं-प्रदेश १ को उदयपुरको एक मस्जिदमा लुकेर बसेका थप ६ सहित प्रदेश १ मा १२ जनामा कोभिड- १९ पुष्टी भएको छ । प्रदेश १ मा कोभिड-१९ संक्रमण देखिएका १२ जना सबै उदयपुरमा लुकेर बसेका एउटै समूहका हुन् ।

चितवन थप २ जनामा पनि कोभिड-१९ पोजेटिभ पुष्टी भएको छ । यसँसँगै शुक्रबार एकैदिन नेपालमा १४ जनामा कोभिड-१९ पुष्टी भएको हो ।

उदयपुर १६ जनाको समूह लुकेर बसेको थाहा पाएपछि प्रशासनको सक्रियतामा उनीहरुको थ्रोट स्वाब परिक्षण गरिएको थियो । कोशी अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा ६ जनाको पोजेटिभ देखिएको थियो भने ६ जना शंकास्पद पाइएको थियो । पोजेटिभ देखिएका र शंकास्पद १२ जनाकै स्व्वाब राष्टिय जनस्वास्थ्य प्रयोगशालामा दुई पटक परिक्षण गर्दा सबैको पोजेटिभ आएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जानकारी दियो ।

उदयपुरमा रहेको १६ जनाको समूहमा ४ जना नेपाली र अन्य १२ जना भारतीय नागरिक रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कोभिड-१९ पोजेटिभ देखिएपछि उनीहरु बसिरहेको ठाउँ समेत सिल गरिएको प्रशासनस्रोतले जनाएको छ ।

त्यसैगरी बिहीबार चितवनस्थित प्रयोगशालामा पिसिआर टेष्टमा कोभिड-१९ पोजेटिभ देखिएका २ जनाको पनि राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परिक्षण गरिएको थियो । पुनः परिक्षणमा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको  प्रयोगशाला स्रोतले जनायो । यससँगैं नेपालमा कोभिड-१९ संक्रमितको संख्या ३० पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ