२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउदयपुरका कोभिड–१९ संक्रमितको बयान, ‘हामी मंसिर २५ मा नेपाल छिरेका हौं’

उदयपुरका कोभिड–१९ संक्रमितको बयान, ‘हामी मंसिर २५ मा नेपाल छिरेका हौं’


काठमाडौं-उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित एक मस्जिदमा शुक्रबार कोभिड–१९ पोजेटिभ देखिएका १२ जनाले आफूहरु मंसिर २५ गते जोगबनी नाका हुँदै भारतबाट नेपालको छिरेको बताएका छन् । उनीहरुले भारतको नयाँदिल्लीबाट आफूहरु नेपाल आएको समेत बताएका छन् ।

प्रहरीसँगको बयानमा उनीहरुले मोरङ हुँदै सुनसरी गएको र त्यहाँ केही दिन बसेको समेत बताएका छन् । ‘हामीसँगको बयानमा उनीहरुले २५ मंसिरमा जोगबनी नाकाबाट नेपाल छिरेको बताएका छन्,’ उदयपुरका एसपी वीरबहादुर बुढामगरले भने, ‘त्यसपछि केही समय सुनसरी बसेपछि फागुन २५ गते उदयपुरको सिवाही मस्जिदमा पुगेको उनीहरुको बयान दिएका छन् ।’

एसपी बुढामगरकाअनुसार उनीहरुले २५ गतेदेखि ६ दिन सिवाही बसेर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा पुगेको बयान दिएपनि स्थानीयले लकडाउनकै समयमा उनीहरु त्यहाँ पुगेको जानकारी दिएका छन् ।

तर, प्रयोगशालामा गरिएको थ्रोट स्वाब परिक्षणमा भने १२ मध्ये ८ जनाको एक्टीभ (अति सक्रिय) अवस्थामा कोभिड पोजेटिभ देखिएको छ । एक्टीभ केस संक्रमणको ७ देखि १४ दिनमा देखिन्छ । बाँकी ४ जनामा भने कोभिड-१९ निको हुने अवस्थामा रहेको देखिन्छ । ‘१२ जनामध्ये ८ जनाको केस एक्टीभ देखिन्छ,’ जनस्वास्थ्य प्रयोगशाला स्रोतले भन्यो, ‘बाँकी ४ जनामा भने १४ दिनभन्दा अगाडि कोभिड-१९ संक्रमण भएर निको हुने क्रममा रहेको देखिन्छ ।’

सुरुमा उनीहरुका ¥यापिड टेष्टका क्रममा कोभिड-१९ नेगेटिभ देखिएको थियो । केही व्यक्तिमा खोकी लागिरहेका कारण शंकास्पद देखिएकाले उनीहरुको स्वाब पिसिआर गरिएको थियो । पिसिआर गर्दा उनीहरुको समूहका १६ जनामध्ये १२ जनामा कोभिड-१९ पुष्टी भएको हो । प्रयोगशालाको रिपोर्टलगायतका अवस्था हेर्दा उनीहरु २५ मंसिरमै नेपाल पसेको भन्ने बयान सन्देहात्मक देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ