२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालको दोस्रो कोभिड—१९ संक्रमितलाई आज डिस्चार्ज गर्ने तयारी

नेपालको दोस्रो कोभिड—१९ संक्रमितलाई आज डिस्चार्ज गर्ने तयारी


काठमाडौं—नेपालको दोस्रो कोभिड—१९ संक्रमित १९ वर्षीया नेपाली युवतीको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि शनिबार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज दिने तयारी गरेको हो ।

फ्रान्सबाट ४ चैतमा काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भैरहेको थियो ।

उनको पछिल्लो स्वाब रिपोर्ट नेगेटिभ आएको टेकु अस्पताल स्रोतले जानकारी दियो । ‘उहाँको नेगेटिभ रिपोर्ट आएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘फ्लोअपका लागि हामी काउन्सिलिङ गरिरहेका छौं ।’ उनलाई अस्पतालले सम्भवतः आजै डिस्चार्ज दिने तयारी गरेको छ ।

उनी कोभिड—१९ पोजेटिभ पुष्टी भएको २९ दिनपछि डिस्चार्ज हुन लागेकी हुन् । यसअघि नेपालमा पहिलो कोभिड—१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ