२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना जितेर घर फर्किदा फर्किदैं…

कोरोना जितेर घर फर्किदा फर्किदैं…


काठमाडौं-भनिन्छ, चिकित्सक र बिरामीको अलग्गै प्रकारको अट्याचमेन्ट हुन्छ । नेपालकी दोस्रो कोभिड-१९ संक्रमित १९ वर्षीया युवती कोरोना जितेर टेकुस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर शनिबार घर फर्किदा पनि त्यो देखियो ।

उनको शुक्रबार र शनिबार गरिएको थ्रोट स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । फ्रान्सबाट ४ चैतमा काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत थिइन ।

डिस्चार्जका बेला अस्पतालका चिकित्सकहरुले उनलाई फूलको गुच्छा दिएर बिदाइ गरेका थिए । हेर्नोस तस्विरमा । तस्विर सौजन्य रिया भण्डारीबाट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ