२०८१ असोज २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनियमित खोप सेवा सञ्चालन हुने, विभागले मार्गदर्शनसहितको पत्र पठायो

नियमित खोप सेवा सञ्चालन हुने, विभागले मार्गदर्शनसहितको पत्र पठायो


काठमाडौं–लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने भएको छ । स्वास्थ्य सेवा विभागले पत्र पठाएर ७ वटै प्रदेश स्वास्थ्य निर्देशनलाय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई मार्गदर्शनमा व्यवस्था भएअनुसार नियमित खोप सेवा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

विभागले खोप सेवा सञ्चालन मार्गदर्शनअनुसार नियमित खोप सुचारु गर्न व्यवस्था गर्न भनेको छ । मार्गदर्शनमा सामाजिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन हुने नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षाको व्यवस्था कुरा समेटिएका छन् ।

यस्तै, उक्त मार्गदर्शनमा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने, खोप सेवा सन्चालन गर्न स्थानीय प्रशासन, स्थानीय तह र सबै सरोकारवाला निकायसँग समन्वय गर्ने र जानकारी गराउने पनि उल्लेख छ ।

विभागले कोभिड–१९ महामारी सम्बन्धमा कोभिड तथा अन्य स्वास्थ्य प्रवाहको अन्तरिम निर्देशिका २०७६ अनुसार खोप सञ्चालन गर्न भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ