गृहपृष्ठ ∕ समाचार ∕ ‘कोभिड-१९’को इपिसेन्टर उदयपुर बन्ला ? ‘कोभिड-१९’को इपिसेन्टर उदयपुर बन्ला ? हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १५:५६ मा प्रकाशित काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) को इपिसेन्टर उदयपुर हुन सक्ने अनुमान विज्ञहरुले गर्न थालेका छन् । मंगलबार थप ८ जनामा कोभिड संक्रमण देखिएसँगै उदयपुर जिल्ला कोरोनाको इपिसेन्टर बन्ने खतरा रहेको हो । यसअघि ५ बैशाखमा उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा बसिरहेका १६ जनामध्ये १२ जना भारतीय नागरिकमा कोभिड—१९ पुष्टी भएको थियो । त्यसको सात दिन पुग्न नपाउँदै थप ८ संक्रमित पक्ता लागेका हुन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यसबारे औपचारिक जानकारी भने आइसकेको छैन । संक्रमित थपिएको हो भने नेपाल तेस्रो फेज अर्थात समुदायमा पनि जान सक्ने खतरा बढेको छ । नेपालमा हालसम्म एकै ठाउँमा केस फैलिएको थिएन । विभिन्न जिल्लामा गरी ३१ संक्रमित पत्ता लागेका थिए । जसमध्ये ४ जना निको भएर घर गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ३९ पुग्यो । यता, उदयपुरमा मात्रै संक्रमितको संख्या २० पुगेको छ । विराटनगरमा गरिएको परिक्षणलाई कन्फम गर्न धरान पठाइएको स्वास्थ्य कार्यालय प्रदेश एक कोभिड १९ सूचना केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय