२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो

अपडेटः उदयपुरमा एकै दिन ११ जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४२ पुग्यो


काठमाडौं-उदयपुरको भुल्केस्थित मस्जिदमा कोभिड-१९ पुष्टी भएका १३ जनाको सम्पर्कमा आएका थप ११ जनामा  कोभिड-१९ पोजेटिभ देखिएको छ । मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ जनाको स्वाब पुनः परीक्षण गर्दा  पनि उनीहरुमा कोभिड-१९ संक्रमण देखिएको हो ।

यस्तै, उदयपुर भुल्केबाटै संकलन गरेर ल्याएको  २६० थ्रोट स्वाब टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा ३ जनाको स्वाबमा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीकाअनुसार मंगलबार कोभिड-१९ पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीया महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ ।

उनकाअनुसार हालसम्मको अध्यावधिक विवरणअनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ । उनले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी समेत दिए । जसमध्ये ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्य ३७ जनाको भने देशका विभिन्न अस्पतालका आइसोलेसनहरुमा उपचार भैरहेको छ ।

सोमबार उदयपुरबाट ल्याइएका ६९ थ्रोट स्वाब परीक्षण गर्दा मंगलबार विराटनगरको कोशी अस्पतालको आरटी पिसिआर ल्याबमा पीसीआर प्रयोगशालामा ८ जनामा कोभिड-१९ पुष्टी भएको थियो । ८ जनामा कोशीको आरटी ल्याबमा रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई स्वाब पुनः परीक्षणका लागि धरान पठाइएको थियो । धरानमा पनि उनीहरुमा कोभिड-१९ पोजेटिभ देखिएको छ ।

धरानमा स्वाब परीक्षण पोजेटिभ देखिएपछि उनीहरुलाई आइसोलेसनमा उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल फर्काइएको छ ।

५ बैशाखमा उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा बसिरहेका १६ जनामध्ये १२ जनामा कोभिड—१९ पुष्टी भएको थियो । त्यसको भोलिपल्ट सोही समूहका थप एकजनामा कोभिड—१९ पुष्टी भएको थियो । उदयपुरको भुल्केमा मात्रै कोभिड-१९ संक्रमितको संख्या २४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ