२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७ जना संक्रमित निको भएर फर्किए घर 

७ जना संक्रमित निको भएर फर्किए घर 


काठमाडौँ –  कोभिड-१९ पुष्टी भएका ७ संक्रमित निको भइ घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार २ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु अस्पतालमा भर्ना भएका ३२ वर्षीय पुरुष र सेती अस्पतालमा उपचार गराईरहेका ४० वर्षीय पुरुष डिस्चार्ज भएका हुन् । यससँगै निको हुने संक्रमितको संख्या ७ पुगेको छ। हाल उपचाररत रहेका ३५ जना संक्रमितको स्वास्थ्य अबस्था सामान्य रहेको डा. देवकोटाले जनाएका छन् ।

यता, आजै उदयपुरका ३ जनामा कोरोना पुष्टी भएको छ। थप ३ जनामा कोरोना पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ ।

त्यस्तै, चीनको तिब्वत सरकारबाट २ पिसिआर मेसिन, १० हजार एन नाइन्टी फाइभ १० हजार,  १० हजार पिपिइ सेट र भारत सरकारबाट १८ किसिमका औषधि हस्तान्तरण भएको सम्मेलन मार्फत डा. देवकोटाले जनाए । महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्री पार्वत गुरु र स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्तिथीतिमा समाज कल्याण परिषदद्वारा वोर्ल्ड भिजनमार्फत विभिन्न प्रदेशमा जानको लागि १ हजार पिपिइ सेट मन्त्रालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

उनको अनुसार हालसम्म ४० हजार ४ सय ३१  वटा नमुना परीक्षण भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ