२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउदयपुरमा कोभिड—१९ संक्रमण स्रोतः भारत र कतारबाट आएका तीन स्थानीय पनि शंकामा

उदयपुरमा कोभिड—१९ संक्रमण स्रोतः भारत र कतारबाट आएका तीन स्थानीय पनि शंकामा


काठमाडौं—उदयपुरको त्रियुया नगरपालिका—३ मा रहेको भुल्के क्षेत्रमा कोभिड—१९ को संक्रमण बढेसँगै संक्रमण कसरी फैलियो भन्ने चासो बढेको छ । संक्रमण फैलिएको एक हप्ता बित्न लाग्दा पनि स्रोत पत्ता नलागेपछि सरकारले दोस्रो विकल्पबाट ट्रेसिङ सुरु गर्न थालेको छ । सो क्षेत्रमा १२ जना भारतबाट आएका जमाती समूह, उनीहरुसँग विराटनगरबाट आएका थप ४ जना गरी १६ जना र स्थानीय ११ जनामा २७ जनामा संक्रमण देखिइसकेको छ ।

भुल्के मस्जिदमा रहेका १६ जनामध्ये ११ जना जमाती र १ जना विराटनगरबाट उनीहरुसँगै आएका व्यक्तिमा कोभिड—१९ पुष्टी ५ बैशाखमा पुष्टी भएको थियो । त्यसपछि भोलिपल्ट एक जना र १० बैशाखमा थप ३ जनाको कोभिड—१९ पुष्टी भएको छ ।

तर, १६ जनामध्ये १२ जना भारतबाट आएका जमातीहरुले गत मंसिर १५ गते नै नेपाल प्रवेश गरिसकेको बताएका छन् । जबकी कोभिड—१९ को पहिलो केस १५ पुसमा विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ । पुष्टी हुनुअगाडि नै नेपाल आइसकेका जमाती समूहबाट संक्रमण फैलिने सम्भावना ज्यादैं कम भएको विज्ञहरु बताउँछन् । विज्ञहरुको यो आँकलनपछि भुल्के क्षेत्रमा फैलिएको संक्रमण जमाती र उनीहरुसँग आएको टोलीबाट भएको हो होइन भन्ने कुरा खोजपडताल भैरहेका बेला त्यहीका स्थानीय तीन अन्य संक्रमित कोभिड—१९ प्रसारणका माध्यम हुन सक्नेतर्फ सरकारी टोलीले अनुसन्धानमा लागेको छ ।

स्रोतकाअनुसार ३ जना स्थानीय लडडाउनको दुई दिन अगाडि भारतको सुरत र कतारबाट आएका थिए । उनीहरुमा पनि कोभिड—१९ पुष्टी भैसकेको छ । उनीहरु ३ जनामध्ये २ जना कतारबाट आएका थिए भने अन्य एक जना सुरतबाट हुन् । उनीहरु तीनै जना सो मस्जिदमा नियमित जाने गरेको स्रोतले जानकारी दियो ।

‘उदयपुरमा फैलिएको कोभिड—१९ को अनुसन्धानको लागि दायरा फराकिलो बनाउनेतर्फ हामी लागिरहेका छौं,’ ट्रेसिङका लागि काठमाडौंबाट भुल्के पुगेका एक अधिकारीले बताए, ‘ट्रेसिङलाई अझै प्रभावकारी बनाउनेतर्फ लागिरहेका छौं । यसलाई अझै हामी मिहिन ढंगले हेरिरहेका छौं ।’ ती तीन जनाले ३ दिनअघि विदेशबाट आएको बताएका छन् । तर, यसलाई अझै पुष्टी गर्ने गरेर ट्रेसिङ प्रक्रियालाई अगाडि बढाइने सरकारी टोली एकजना अधिकारीले हेल्थआवाजलाई जानकारी दिए ।

भुल्केमा फैलिएको कोभिड—१९ लाई अन्य समुदायमा फैलिन नदिन सरकारले सबै खालका संयन्त्र प्रयोग गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘हामीले रोग फैलिन नदिन र संक्रमितहरु सम्पर्कमा आएकाहरुलाई खोज्न केन्द्रबाट टोली पठाइसकेका छौं,’ उनले भने, ‘मिहिन रुपमा अध्ययन गरेर संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पनि जाँच पडताल गर्नेछौं ।’

प्रदेश १ का सामाजिक विकास मन्त्री भुल्केमा
कोभिड—१९ को हटस्पट भुल्के बनेसँगै प्रदेश नंं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे स्थलगत अध्ययनका लागि भुल्केमा पुगेका छन् । उनले स्थानीय स्वास्थ्यकर्मी, प्रशासन र समुदायसँग छलफल गरिरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य योजना प्रमुख डा. सुरेश मेहताले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ