गृहपृष्ठ ∕ समाचार ∕ कान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए कान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ११ गते, १४:२७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—कान्ति बाल अस्पताल र वीर अस्पतालका २१ भेन्टिलेटर बिग्रिएर थन्किएका छन् । बिग्रिएका भेन्टिलेटर हालसम्म पनि बनेका छैनन् । कोभिड—१९ संक्रमितका लागि आवश्यक भेन्टिलेटर कम रहेको अवस्थामा मुख्य सरकारी अस्पतालमा २१ वटा एम्बुलेन्स बिग्रिएर थन्किएको पाइएको छ । कान्ति बाल अस्पतालमा १३ र वीरमा ८ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । कान्ति र वीर अस्पतालमा २६/२६ भेन्टिलेटर छन् । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार हाल १३ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए । ती भेन्टिलेटरको मर्मतका लागि २० देखि २५ लाख रुपैयाँ पैसा लाग्नेछ । निर्देशक पौडेलले महावीर पुनको टोलीले बिग्रिएका भेन्टिलेटर बनाउने कुरा चलेको बताए । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले १० वटा बिग्रेको मध्ये २ वटा बनाइसकेको उल्लेख गर्दै ८ वटा अझै बन्न नसकेको बताए । त्यस्तै, शिक्षण अस्पताल महाराजगञ्जमा बिग्रिएका ६ भेन्टिलेटर र राष्ट्रिय ट्रमा सेन्टरका ७ वटा हालै मर्मत भएका छन् । हाल टिचिङमा २० वटा संचालनमा छन । ट्रमा सेन्टरमा १७ वटा संचालनमा छन् । वीर अस्पतालले पनि बिग्रिएका भेन्टिलेटर बनाउने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभर ५ सय ३९ वटा भेन्टिलेटर संचालनमा रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ १० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ कोरोना जितेर घर फर्किदा फर्किदैं... कोशी अस्पतालमा बिरामीको छटपटीः शल्यक्रिया गरिएका बिरामी चिसो भुइँमा लगातार उकालोमा म्याग्नस फर्मा, नेक्स्ट इयर टार्गेट १०० करोड क्लब दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोना पुष्टि, जेठ पहिलो साता भारतबाट आएका थिएँ १० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ कोरोना जितेर घर फर्किदा फर्किदैं... कोशी अस्पतालमा बिरामीको छटपटीः शल्यक्रिया गरिएका बिरामी चिसो भुइँमा लगातार उकालोमा म्याग्नस फर्मा, नेक्स्ट इयर टार्गेट १०० करोड क्लब दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोना पुष्टि, जेठ पहिलो साता भारतबाट आएका थिएँ