गृहपृष्ठ ∕ समाचार ∕ कान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए कान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ११ गते, १४:२७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—कान्ति बाल अस्पताल र वीर अस्पतालका २१ भेन्टिलेटर बिग्रिएर थन्किएका छन् । बिग्रिएका भेन्टिलेटर हालसम्म पनि बनेका छैनन् । कोभिड—१९ संक्रमितका लागि आवश्यक भेन्टिलेटर कम रहेको अवस्थामा मुख्य सरकारी अस्पतालमा २१ वटा एम्बुलेन्स बिग्रिएर थन्किएको पाइएको छ । कान्ति बाल अस्पतालमा १३ र वीरमा ८ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । कान्ति र वीर अस्पतालमा २६/२६ भेन्टिलेटर छन् । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार हाल १३ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए । ती भेन्टिलेटरको मर्मतका लागि २० देखि २५ लाख रुपैयाँ पैसा लाग्नेछ । निर्देशक पौडेलले महावीर पुनको टोलीले बिग्रिएका भेन्टिलेटर बनाउने कुरा चलेको बताए । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले १० वटा बिग्रेको मध्ये २ वटा बनाइसकेको उल्लेख गर्दै ८ वटा अझै बन्न नसकेको बताए । त्यस्तै, शिक्षण अस्पताल महाराजगञ्जमा बिग्रिएका ६ भेन्टिलेटर र राष्ट्रिय ट्रमा सेन्टरका ७ वटा हालै मर्मत भएका छन् । हाल टिचिङमा २० वटा संचालनमा छन । ट्रमा सेन्टरमा १७ वटा संचालनमा छन् । वीर अस्पतालले पनि बिग्रिएका भेन्टिलेटर बनाउने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभर ५ सय ३९ वटा भेन्टिलेटर संचालनमा रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल