२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनकपुरमा पनि देखियो कोरोना संक्रमण

जनकपुरमा पनि देखियो कोरोना संक्रमण


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ जनामा कोभिड-१९ देखिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विहिबारको नियमित पत्रकार सम्मेलनमा थप २ जनामा कोभिड-१९ देखिएको जानकारी दिएका हुन् ।

प्रवक्ता डा. देवकोटाले जनकपुरमा १४ वर्षीय कोशोर र उदयपुरकी ५५ वर्षीया महिलामा कोभिड-१९ देखिएको बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

त्यस्तै, आज ९ संक्रमित निको भएर डिस्चार्ज गरिएकाे मन्त्रालयले जनाएकाे छ। सनसिटी अपार्टमेन्टका दुईजना सङ्क्रमित पनि निको भएर घर फर्किएका छन्।  आरडीटी र पिसिआर वीधिबाट गरेर हालसम्म ४३ हजार ७ सय २२ वटा नमुना परीक्षण भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ