२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश २ मा कोरोना जाँच्न काठमाडौंबाट ६ टोली परिचालन

प्रदेश २ मा कोरोना जाँच्न काठमाडौंबाट ६ टोली परिचालन


काठमाडौं–सरकारले प्रदेश २ का सबै जिल्लामा टोली खटाएर सम्भावित कोरोना भाइरस (कोभिड—१९) संक्रमितहरुको स्वाव जाँच गर्ने भएको छ । स्वाव संकलन गर्न शुक्रबार काठमाडौंबाट ६ वटा टोली प्रदेश २ का सबै जिल्लामा जान लागेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

महानिर्देशक श्रेष्ठका अनुसार बारा र पर्साको लागि एक टोली, धनुषा र महोत्तरीका लागि एक टोली र बाँकी ६ जिल्ला रौतहट, सर्लाही सिराहा, सप्तरीका लागि एक—एक टोली परिचालन गरिएको छ ।

स्वाव संकलन गर्न जाने टोलीमा स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका ल्याव टेक्नीसियन रहने छन् । उनीहरुले प्रदेश २ मा रहेका मस्जिदका जमाती समूह, बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका र कोभिड—१९ का आशंकित व्यक्तिहरुको स्वाव संकलन गरी पीसीआरका परीक्षणका लागि धरान, विराटनगर, हेटौडा, चितवन र काठमाडौं ल्याउने तयारी भएको उनले बताए ।

‘आशंकित सबैको स्वाव संकलन गरी जाँच गर्न टोली जान लागेको हो,’ हेल्थ आवाजसँग महानिर्देशक श्रेष्ठले भने, ‘६ वटा टोली प्रदेश २ का विभिन्न जिल्लामा परिचालन हुँदैछन् ।’

५० हजार पीसीआर जाँच पुर्‍याउने

सरकारले बैशाख महिनाभित्र पीसीआर टेष्ट ५० हजार पुर्‍याउने लक्ष्य राखेको छ । त्यसका लागि सरकारल दु्रत गतिमा लागिरहेको महानिर्देशक श्रेष्ठ बताउँछन् । ‘अहिलेसम्म १० हजार जाँच भएको छ,’ उनी भन्छन्, ‘यो महिना ५० हजारको पीसीआर जाँच गर्ने तयारी गरेका छौं ।’

५० हजार पीसीआर जाँच गर्न सरकारसँग रिएजेन्ट रहेको उनले बताए । रिएजेन्ट मात्र नभएर कोभिड—१९ रोकथामका लागि सबै किसिमका सामाग्री सरकारसँग तयार रहेको उनले दावी गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ