२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलकडाउन छिचोल्दैं महोत्तरीबाट १५ जना कोभिड–१९ जाँच्न टेकु अस्पतालमा

लकडाउन छिचोल्दैं महोत्तरीबाट १५ जना कोभिड–१९ जाँच्न टेकु अस्पतालमा


काठमाडौं–लकडाउनलाई छिचोल्दैं महोत्तरीबाट १५ जनाको टोली कोभिड–१९ का जाँच गर्न काठमाडौं आइपुगेका छन् । बिहिवार मात्र सरकारले लागु गरेको कडा लकडाउनकै बीच महोत्तरीबाट १५ जनाको टोली काठमाडौं आएको हो ।

महोत्तरीबाट आएका १५ जना शुक्रबार दिउँसो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आएर कोभिड–१९ परीक्षणका लागि स्वाव दिएर गएका छन् । अस्पतालका प्रवक्तासमेत रहेका चिकित्सक डा. अनुप बाँस्तोलाले उनीहरुको स्वाव लिएर घर पठाइएको जानकारी दिए । ‘हिजो तराईंबाट आएको भनी जानकारी दिएका छन्,’ उनले भने, ‘उनीहरुको ट्राभल हिष्ट्री हेर्दा शंकास्पद लागेर स्वाव लिएर जाँच्न पठाएका छौं ।’

लकडाउनको समयमा उनीहरु किन र कसरी काठमाडौ आए भन्ने खुलेको छैन । एकै परिवारका उनीहरुलाई स्वास्थ्यकर्मीहरुले जाँच गर्दा ज्वरो देखिएपछि स्थानीय प्रहरीले काठमाडौं पठाएको अस्पतालका चिकित्सकलाई बताएका थिए ।

कोभिड–१९ नभएको अनुमान गरिएको उपत्यकामा लकडाउनको समयमा प्रहरीले नै सहयोग गरेर बाहिरबाट मान्छे पठाउन थालेपछि संक्रमित भित्र्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । ‘बल्ल काठमाडौं सुरक्षित हुने भयो भन्ने अवस्थामा पुगेको थियौं,’ अस्पतालका एक चिकित्सक भन्छन्, ‘यसरी लकडाउन नै तोडेर मान्छेको आवातजावत खोल्ने हो भने यति धेरै जनसंख्या रहेको काठमाडौं महामारीको उच्च जोखिममा जान्छ ।’

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ