२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए

वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए


काठमाडौं—वीरगन्जमा थप २ जनामा कोभिड—१९ पोजेटिभ पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार थप २ जना ५० वर्षीय पुरुषमा कोभिड—१९ पुष्टी भएको हो ।

कोभिड—१९ पुष्टी भएका दुवै जना वीरगन्जका स्थानीय हुन् । उनीहरु अहिले नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

यस्तै, वीरगन्जमा उपचारत ३ जना भारतीय नागरिक र एक जना रौतहटका युवा भने कोभिड—१९ निको भएर घर फर्किएका छन् । कोभिड—१९ पोजेटिभ देखिएपछि ३ जना भारतीय नागरिक ३० चैतमा अस्पताल भर्ना भएका थिए ।

एक एकजना निको भएर फर्किएका रौतहटका युवा भने कोभिड—१९ पुष्टी भएपछि २ बैशाखमा अस्पतालको आइसोलेसनमा उपचाररत थिए ।

नेपाल अहिलेसम्म कोभिड—१९ को संक्रमण ५१ जनामा पुष्टी भएको छ भने १२ जना उपचारपछि घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ