२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधि उत्पादक संघद्वारा चिकित्सकलाई ज्याकेट प्रदान

औषधि उत्पादक संघद्वारा चिकित्सकलाई ज्याकेट प्रदान


काठमाडौँ – नेपाल औषधि उत्पादक संघले विरामीको सेवामा खटिरहने चिकित्सकलाई ज्याकेट हस्तान्तरण गरेको छ। सोमबार औषधि उत्पादक संघले एक कार्यक्रमबीच नेपाल चिकित्सक संघलाई चिकित्सकहरुको पहिचानको लागि ज्याकेट हस्तान्तरण गरेको हो।

चिकित्सकहरुको लागि मात्र प्रयोग गर्ने र चिकित्सकहरुलाई सबैले सजिलै चिन्न सकिने गरि बनाइएको उक्त ज्याकेट्को प्रयोगले यो कोरोना विरुद्धको लडाइका अग्रपंक्तिमा रहेका चिकित्सकहरुको पहिचान र सुरक्षामा विशेष सहयोग पुग्ने नेपाल औषधि उत्पादक संघका महासचिब विप्लव अधिकारीले बताए ।

उक्त अबसरमा नेपाल उत्पादक संघका तर्फ बाट वरिष्ठ उपसभापती महेश प्रधान , उपाध्यक्ष सन्तोश बराल र महासचिब बिप्लब अधिकारीले उक्त ज्याकेट हस्तान्तरण गर्नु भएको थियो।नेपाल चिकित्सक संघको तर्फ बाट अध्यक्ष डा लोचन कार्की, महासचिब डा. बद्री रिजाल, काेषाध्यक्ष डा प्रकाश बुढाथोकी लगाएतको उपस्थिति थियो।

नेपाल औषधि उत्पादक संघका बरिस्ठ उपाध्यक्षले हामी नेपालमा उत्पादन हुने औषधिको अभाव हुन नदिन अहोरात्र खटिरहेको जानकारी गराउनु भएको थियो।नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्किले नेपाल चिकित्सक संघ सधै सबै चिकित्सकहरुको सुरक्षा र पहिचानको लागि लडिरहेको र यो समयमा हामिलाइ नेपाली औषधि उत्पादकहरुले गर्नु भएको सहयोगको लागि आफु, संघ र सम्पुर्ण चिकित्सकहरुको तर्फबाट धन्यवाद ज्ञापन गरे।

यी ज्याकेटहरु सकेसम्म चाडाे देश भरिको चिकित्सकहरुमा पुर्याउने छ। विगत केही दिन अगाडि चिकित्सकहरु माथी पहिचान नभएको कारणले भएको विभिन्न दुव्र्यवहारका घटना अब फेरि नदोहोरिउन भन्ने र चिकित्सकहरुको सम्मान र पहिचानका लागि यो छोटो र कठिन समयमा अति आबश्यक भएकाले नेपाल औषधि उत्पादकहरुले नेपाल चिकित्सक संघको सहकार्यमा उक्त ज्याकेटहरु उपलब्ध गराएको औषधि उत्पादक संघका महासचिब विप्लव अधिकारीले जानकारी गराएका छन।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ