२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएपोनद्वारा स्वास्थ्य पत्रकार मञ्चलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

एपोनद्वारा स्वास्थ्य पत्रकार मञ्चलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) महामारीको समयमा स्थलगत रिपोर्टिङमा खटिएका पत्रकारका लागि नेपाल औषधी उत्पादक संघ (एपोन)ले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य पत्रकारहरुका छाता संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालमार्फत स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराइएको हो ।

मंगलबार मन्त्रालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा एपोनका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले मञ्चका अध्यक्ष कल्पना आचार्यलाई सामग्री हस्तान्तरण गरे । सो सामग्रीमा सर्जिकल मास्क, ग्लोब्स, ह्याण्ड स्यानिटाइजरलगायतका सामाग्री छन् ।

एपोनले सामग्री हस्तान्तरण गरेलगत्तै मन्त्रालयमा उपस्थित पत्रकारलाई मञ्चको तर्फबाट सामाग्री वितरण भएको थियो । मंगलबार अनुपस्थित हुन नसकेका पत्रकारलाई सम्पर्कमा आएका बेला उपलव्ध गराउने मञ्चका महासचिव रामप्रसाद न्यौपानेले बताए । सामग्री वितरण गर्न एपोनका तर्फबाट अध्यक्ष क्षेत्रीसहित उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लव अधिकारीको उपस्थिति थियो ।

सो अवसरमा बोल्दै एपोन अध्यक्ष क्षेत्रीले कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका पत्रकारहरुको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताए । उनले सरकारलाई पनि स्वदेशी औषधीको खरिद गरी प्रयोग गर्न अनुरोध गरे । ‘अहिले विदेशबाट औषधी ल्याउने सम्झौंता भइरहेको छ भन्ने सुनेका छौं । यदि ती औषधीहरु स्वदेशमै उपलव्ध छन् भने किन् विदेशबाट ल्याउनु प‍¥यो, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष क्षेत्रीले भने ।

उनले सो अवसरमा उनले औषधीजन्य सामाग्री विदेशबाट खरिद गरेको कार्यक्रममा बोल्दै एपोनका महासचिव अधिकारीले कोराना महामारीविरुद्धको अभियानमा आफूहरुले फ्रन्टलाइनमा खटिएका पत्रकारसहित स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समेत विभिन्न किसिमका स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलव्ध गराएको जानकारी दिए । उनले स्यानीटाइजर उपलव्ध गराउने एसआर ड्रग र सुमी फर्मास्युटिकल्सलाई विशेष धन्यवाद दिए ।

मञ्चका अध्यक्ष कल्पना आचार्यले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै यतिवेला सञ्चारकर्मी पनि कोरोना विरुद्ध फ्रन्टलाइनमै खटिएर काम गरेको भन्दै एपोनले पत्रकारको सुरक्षाका लागि सामग्री उपलव्ध गराउनु खुशीको कुरा भएको बताइन् । उनले सामग्री उपलव्ध गराएकोमा धन्यवाद दिइन ।

यसैबीच स्वास्थ्य पत्रकारहरुका लागि रायमाझी ट्रेड कन्सर्नले पनि केही थान सर्जिकल मास्क र ग्लोब्स उपलव्ध गराएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ