२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकको नयाँ दरबन्दी खोल्न र सबैलाई संघबाटै परिचालन गर्न गोदानको माग

चिकित्सकको नयाँ दरबन्दी खोल्न र सबैलाई संघबाटै परिचालन गर्न गोदानको माग


काठमाडौं—सरकारी चिकित्सक संघ (गोदान)ले सरकारको दरबन्दीमा कार्यरत चिकित्सकको संख्या न्यून रहेको भन्दैं तत्काल नयाँ दरबन्दी खुलाउन र सबै चिकित्सकलाई संघबाट परिचालन गर्न माग गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै गोदानले हालको अवस्थाले पनि प्रमाणित गरिसकेकाले चिकित्सकहरुलाई संघबाटै परिचालन गर्न माग गरेको हो । यस्तै, उसले सरकारी दरबन्दीमा न्यून चिकित्सक रहेको भन्दैं प्रक्रियाबाट यथेष्ट दरबन्दी थप्ने र लोकसेवा विज्ञापन खुलाउने कार्य अति आवश्यक रहेको जनाएको छ ।

गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव रविन खड्काद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा अहिलेको संकटको समयलाई सदुपयोग गर्दै संघले वर्षौदेखि माग गर्दै आएको आधारभूत र आकस्मिक सेवा निःशुल्क गर्ने, स्वास्थ्यलाई कुल बजेको कम्तिमा १० प्रतिशत छुट्याउने, विशेष सेवा भएकाले छुट्टै चिकित्सा सेवा ऐनको व्यवस्था गर्ने, चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई गैरजमानती हिरासतको कानुन ल्याउनुपर्ने जोड दिएको छ ।

यस्तै, संघले चिकित्सकहरुको तलब डब्ल्युएचओको चलनचल्तीअनुसार वृद्धि गर्नुपर्ने, विविध चिकित्सक विशेष भत्ताको व्यवस्था गर्ने, चिकित्सकहरुलाई संघबाट नै परिचालिन गर्नुपर्ने र सरकारी अस्पतालमा अनिवार्य सोध तथा खोजमूलक गतिविधी गर्ने जोड गर्नेलगायतका व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

संघले देशमा देखिरहेका कोभिड—१९ संक्रमितहरुको उपचारमा र रोकथाममा चिकित्सकहरुको लागि परेको समेत जनाएको छ । गोदानले अपुग देखिएको गुणस्तरीय व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) तत्काल आपूर्ति गर्न सकिए र कार्यरत चिकित्सकलाई विशेष प्रोत्साहन भता र विमाको ठोस व्यवस्था गरिए थप निर्धक्क भएर काम गर्न सकिने समेत जनाएको छ ।

गोदानको विज्ञप्ति


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ