२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ पत्ता लगाउन चाहिने पिसिआर आरएनए एक्सट्याक किट र भिटीएम अभाव हुँदै

कोभिड—१९ पत्ता लगाउन चाहिने पिसिआर आरएनए एक्सट्याक किट र भिटीएम अभाव हुँदै


काठमाडौं–पिसिआर प्रविधीबाट कोभिड—१९ जाँच्न अति आवश्यक आरएनए एक्सट्याक्सन किट कम भएपछि कोभिड जाँच संख्या पनि कम हुने भएको छ ।  किट कम भएसँगै चितवनमा हुँदै आएको पिसिआर प्रविधी जाँच रोकिएको छ । उपत्यका बाहिर सो किट कम भएका कारण परीक्षण कम हुन थालेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘उपत्यका बाहिर आएनए एक्सट्याक्सन किट कम भएको जानकारी आएको छ,’ उनले भने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ हजार जति किट मात्र बाँकी छ ।’

सो किट कम भएसँगै पिसिआर प्रविधीबाट कोभिड—१९ जाँच हुने क्रम पनि कम हुँदै गएको छ । सो किटले कोभिड—१९ को आशंकामा संकलन गरिएको थ्रोड स्वाव आरएनए छुट्याउनको लागि प्रयोग हुन्छ ।

देशभर अहिले १६ वटा प्रयोगशालाबाट कोभिड—१९ जाँच हुने गरेको छ । सरकारले बैशाख महिना भित्र पिसिआर प्रविधीबाट कम्तिमा ५० हजार परीक्षण गर्ने लक्ष्य राखेता पनि किटको अभावसँगै त्यो लक्ष्य पूरा नहुने भएको हो ।

यस्तै, सात प्रदेशमै स्वाब परीक्षण गर्ने भाडो सकिएको सम्बन्धित निकायहरुले बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकाअनुसार सबै प्रदेशबाट भिटिएम माग भएको छ । भिटिएम भनेको स्वाब संकलन गरेपछि केमिकलयुक्त सानो भाडोमा राखेर पिसिआर गर्ने प्रयोगशालासम्म ल्याउने भाडो हो । स्वाब राख्ने भाडो ‘भिटिएम’ बिना नमुना संकलन गर्न मिल्दैन् ।

केन्द्रीय प्रयोगशालाले हरेक प्रदेशलाई एक हजारका दरले भिटिएम उपलब्ध गराएको थियो । कतिपयले विभिन्न स्रोतमार्फत थप लगेको मन्त्रालय बताउँछ । वितरण भएअनुसारको भिटिएमबाट नमुना संकलन नहुँदै अभाव भयो भन्नु शंकाको विषय भएको स्वास्थ्य मन्त्रालय आपतकालीन संचालन केन्द्रका स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

व्यवस्थापन महाशाखाले उपलब्ध गराएको सूचीअनुसार देशभरका ७० स्वास्थ्य संस्थामा जम्मा १२ हजार ७ सय ६२ वटा स्वाब संकलन भाडो भिटिएम गइसकेको छ । प्रत्येक प्रदेशमा १ हजारका दरले जानुभन्दा अघि पनि झण्डै १० हजार भिटिएम प्रदेशहरुमा गइसकेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलाका पदाधिकारी बताउँछन् । २५ हजारको हाराहारीमा भिटिएम खर्च भएको छ तर, नमुना संकलन भएर १२ हजार पनि आएको छैन । ‘यस्तो अवस्थामा भिटिएम सकियो भन्नु आश्चर्यको विषय हो,’ प्रयोगशलाका एक कर्मचारी भन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ