२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनको कान्सु प्रान्तको सहयोगमा एक हजार सेट पीपीई सहयोग 

चीनको कान्सु प्रान्तको सहयोगमा एक हजार सेट पीपीई सहयोग 


काठमाडौँ – चीनको कान्सु प्रान्त सरकारको सहयोग र राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी शाखाको संयोजनमा प्राप्त १ हजार सेट पीपीई र २ हजार थान सर्जिकल मास्क वागमती प्रदेश र ५ नम्बर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । शुक्रबार उक्त सामाग्रीहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् वागमती प्रदेश र ५ नम्बर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

कान्स सरकारका प्रतिनिधि सृ होङ्गले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमार्फत मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई सामाग्री हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा राष्ट्रिय चिकित्सक संघ नेपालका केन्द्रिय महासचिव डाक्टर रमेश ढकालको पनि उपस्थिति थियो।

सो अवसरमा मन्त्री भट्टराईले चिनियाँ सरकार कान्सु प्रान्तको सहयोगमा प्राप्त कोभिड नियन्त्रणका चिकित्सकीय सामाग्री वाग्मती प्रदेश र प्रदेश ५  अन्त्त्रगतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुको लागि उपयोगी सिद्द हुने विश्वास व्यक्त गरे । उनले चीन सरकारलाई सहयोगका लागि हृदयदेखि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि दुई देशबीच यस्तो सहयोग र सहकार्य बढाउनुपर्ने उल्लेख गरे ।

चिनियाँ सरकारी प्रतिनिधि सृ होङ्गले कान्सु प्रान्त सरकारले नेपाल सरकारको कोभिड नियन्त्रण अभियानप्रति एक्यवद्धता प्रकट गर्दै नेपाल सरकारका दुईवटा प्रदेशमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई लक्षित गर्दै सुरक्षा सामाग्री उपलब्ध  गराएको जनाए ।उनले भविष्यमा पनि नेपाल सरकारलाई आवश्यक सहयोग प्रदान गर्न चीन तयार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय चिकित्सक संघ नेपालका केन्द्रिय महासचिब डाक्टर ढकालले आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै अघि बढ्ने प्रतिवद्दता जनाए।

राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेश शाखाका महासचिव डाक्टर सागर न्यौपानेले संयोजन गरेको उक्त कार्यक्रममा संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका बागमती प्रदेशबाट प्रतिनिधत्व गर्ने सदस्यहरुको पनि उपस्तिथी थियो। कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट सृ चौ चोङ्ग र चु फङ्ग पनि उपस्थिति थियो


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ