२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहोत्तरीमा एक हप्तामा १० को मृत्यु, शिक्षा मन्त्री पुगे आफ्नो क्षेत्रमा

महोत्तरीमा एक हप्तामा १० को मृत्यु, शिक्षा मन्त्री पुगे आफ्नो क्षेत्रमा


काठमाडौं–एक हप्ता बीचमा महोत्तरीका दुई गाउँमा १० जनाको मृत्यु भएपछि स्थानीय आतंकित भएका छन् । विश्वभर कोभिड–१९ को त्रास फैलिरहेका बेला नजिकैका दुई गाउँमा छोटो समयमा नै लगातार मानिसको मृत्यु भएपछि स्थानीय वासिन्दा आतंकित भएको स्थलगत अनुगमनमा पुगेका शिक्षा तथा विज्ञान प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

हेल्थ आवाजसँग टेलिफोन सम्पर्कमा आएका मन्त्री पोखरेलले भंगाहा नगरपालिकाका ६ जना, बर्दिवास नगरपालिकामा १ भारतीय नागरिकसहित ४ जनाको मृत्यु भएको जानकारी दिए ।

मन्त्री पोखरेलले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ५६ वर्षीय महेन्द्र चौधरी, ५५ वर्षीय गंगाराम सदा, ४४ वर्षीय मोहन चौधरी, ५५ वर्षीय नथुनी महरा, ५५ वर्षीय लालबाब् सिंह, ४० वर्षीय सिकेन्द्र सिंह, ५७ वर्षीय शुकदेव महरा, २७ वर्षीय शोपिन्द्र मण्डल र ५५ वर्षीय सोमीदेवी बटारा रहेका छन् । त्यसैगरी इटाभट्टामा काम गर्ने एक भारतीय नागरिकको पनि मृत्यु भएको छ ।

उनीहरुको मृत्युको कारण नखुलेतापनि स्थानीय स्वास्थ्यकर्मीहरुले कोभिड–१९ सँगको कुनै पनि लक्षण नमिलेको जानकारी दिएको मन्त्री पोखरेलले जानकारी दिए । लक्षण नमिलेतापनि मृतकहरुको स्वाव र भिसेरा परिक्षणका लागि पठाइएको छ । ‘स्थानीय स्वास्थ्यकर्मीले कोभिडको लक्षण नभएको जानकारी गराउनुभएको छ,’ उनले भने, ‘तथापी पुष्टीका लागि स्वाव परिक्षण गर्नका लागि पठाइएको छ ।’

महोत्तरीमा लगातार मानिसको मृत्यु भएको खवर पाएसँगै मन्त्री पोखरेल काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र महोत्तरी गएका हुन् । ‘म काठमाडौ नै थिए, आफ्नै निर्वाचन क्षेत्रमा लगातार मानिसको मृत्यु भएपछि हिजो नै आएको हुँ,’ उनले भने, ‘आज दिनभर स्थलगत अनुगमन गरी सबै पक्षसँग बसेर छलफल भए ।’

बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्कीले आफ्नो नगरपालिकाको एउटा टोलमा दुई दिनमा ४ जनाको मृत्यु भएको बताए । हेल्थ आवाजसँग टेलिफोन सम्पर्कमा स्थानीयले दिएको जानकारीअनुसार मृतकहरुले स्थानीय तहमा उत्पादित मदिरा सेवन गरेको पाइएको बताए । ‘हामीले स्थानीयसँग सोध्दा मदिरा सेवन गरेको जानकारी दिनुभएको छ,’ उनले भने, ‘तर रिपोर्ट आइनसकेको हुँदा कारण यही हो भन्न गाह्रो छ ।’

११ देखि १८ बैशाखसम्म १० जनाको मृत्यु भएसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कारण पत्ता लगाउन केन्द्रबाट महोत्तरी टोली पठाएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । टोली गएर अनुसन्धान गरेपछि मात्र सत्य तथ्य आउने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ