२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ संक्रमित नेपालमा युवा उमेरका बढी, ५९ संक्रमित पुष्टि हुँदा समुदायमा फैलिएको छैन

कोभिड—१९ संक्रमित नेपालमा युवा उमेरका बढी, ५९ संक्रमित पुष्टि हुँदा समुदायमा फैलिएको छैन


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमित ५९ जनामध्ये अधिकांश युवाहरु छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका संक्रमित नेपालमा बढी छन् । तर, बाहिरी देशमा भने संक्रमितमध्ये ५० वर्ष भन्दा माथिका धेरै छन् ।

नेपाली चिकित्सकहरुका अनुसार नेपालमा काम गर्ने उमेर समूहका युवामा बढी देखिएको हो । उनीहरु दैनिक मजदुरीका लागि घर बाहिर जाने भएकाले संक्रमणको जोखिममा परेका हुन् । कोभिड—१९ संक्रमितको उपचारमा पहिलो दिनदेखि खटिएका केन्द्रीय सरुवा रोग अस्पताल टेकुका डा.अनुप बास्तोला युवाहरु काम गर्न घर बाहिर वा विदेशमा जाने भएकाले उनीहरुमा संक्रमण बढी देखिएको हो । तर, समुदायमा फैलिएको खण्डमा भने वृद्धवृद्धा अर्थात ५० वर्ष भन्दा माथि उमेर समूहका बढी देखिने छन् ।

नेपालमा शुक्रबार रुपन्देही र नेपालगञ्जमा दुई संक्रमित थपिएसँगै कोभिड—१९ संक्रमितको संख्या ५९ पुगेको छ । जसमध्ये २१ देखि ३० वर्ष उमेरका १५ जना रहेका छन् । चीनमा ५० देखि ५९ वर्ष उमेर समूहका धेरै छन् । सो उमेर समूहका २२ प्रतिशतमा संक्रमण देखिएको छ । इटालीमा ७० वर्ष उमेर समूह माथि बढी संक्रमित छन् । त्यस्तै अमेरिकामा ८५ वर्ष माथिमा बढी संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ती देशहरुमा कोभिड—१९ संक्रमण समुदायमा फैलिएका कारण बढी उमेर समूहका मानिसहरुमा धेरै संक्रमण फैलिएको हो । डा. बास्तोला भन्छन्, ‘नेपालमा हालसम्म समुदायमा कोभिड—१९ संक्रमण फैलिएको छैन । यदि यहाँ पनि संक्रमण समुदायमा फैलिएको खण्डमा युवा भन्दा वद्धावृद्धामा बढी देखिने छ ।’ नेपालीहरुको औसत आयु ७१ वर्ष रहेको छ । ५० वर्ष भन्दामाथि उमेर समूहका नागरिक यो रोगबाट जोखिममा पर्ने देखिएको चिकित्सकहरु बताउँछन् । नेपालमा संक्रमित हुनेहरु पनि अहिले पुरुष बढी छन् । अधिकांश काम गर्ने उमेरका युवा मजदुरीका लागि भारत गएका छन् । लकडाउनपछि उनीहरु ठूलो संख्यामा नेपाल प्रवेश गरेका संक्रमितको संख्या बढ्ने अनुमान लगाइएको छ ।

६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण

कोरोना आशंकामा हालसम्म ६० हजार बढीको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबारसम्म ६० हजार ३ सय ७४ नमुना परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ नमुना परीक्षण भएको छ । १२ हजार ५ सय ७७ जनाको पिसिआर र ४७ हजार ७ सय ९७ जनाको आरडिटीबाट परीक्षण भएको छ ।

हाल देशभर २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा छन् । प्रदेश १ मा २ हजार ८ सय ७७, प्रदेश २ मा १ हजार ३ सय ३२, बागमतीमा ५ सय ३८, गण्डकीमा ७ सय ८, प्रदेश ५ मा १२ हजार १ सय ६३, कर्णालीमा ३ हजार ७ सय २४ र सुदूरपश्चिममा ३ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा उमेर अनुसार संक्रमण

११ — २०                                         ८
२१ — ३०                                        १५
३१ — ४०                                        १२
४१ — ५०                                        ९
५१ — ६०                                        ८
६१ — ७०                                        ५
७१ — ८०                                        १
८१ +                                               १

कोभिड १९ पुष्टि कहिले कहिले भयो

माघ ९ गते                                  १
चैत्र ९ गते                                   १
चैत्र १२ गते                                 २
चैत्र १५ गते                                 १
चैत्र २० गते                                 २
चैत्र २२ गते                                 २
चैत्र २५ गते                                 १
चैत्र ३० गते                                  १
बैशाख २ गते                               ५
बैशाख ५ गते                              १५
बैशाख ९ गते                               ११
बैशाख १० गते                              ४
बैशाख ११ गते                              २
बैशाख १२ गते                              १
बैशाख १३ गते                              २
बैशाख १४ गते                              १
बैशाख १६ गते                              २
बैशाख १७ गते                              ३
बैशाख १९ गते                              २


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ