२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन १० जना कोभिड–१९ संक्रमित थपिए, नेपालगन्जमा ९ र वीरगन्जमा १ जनामा संक्रमण पुष्टी

एकैदिन १० जना कोभिड–१९ संक्रमित थपिए, नेपालगन्जमा ९ र वीरगन्जमा १ जनामा संक्रमण पुष्टी


काठमाडौं–एकै दिन १० जना कोभिड–१९ संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्याले पछिल्लो २४ घण्टामा १० जनामा कोभिड–१९ पोजेटिभ देखिएको पुष्टी गरेको हो ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जको पिसीआर प्रयोगशालामा परीक्षण गर्दा ५ पुरुष र ४ महिलामा कोभिड–१९ पोजेटिभ देखिएको बताए । उनले पर्साको वीरगन्जका एक ३६ वर्षीय पुरुषमा पनि कोभिड–१९ पोजेटिभ देखिएको बताए ।

डा. देवकोटाले भने, ‘पर्साका ३६ वर्षीय पुरुषको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्दा कोभिड–१९ पोजेटिभ देखिएको छ, त्यसैगरी नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ९ जनामा पोजेटिभ देखिएको छ, जसमा ५ जना पुरुष र ४ जना महिला हुनुहुन्छ ।’ उनले नेपालगन्जका संक्रमित ७ देखि ५८ वर्षसम्मका रहेको जानकारी समेत दिए ।

पछिल्लो २४ घण्टामा १० जना कोभिड–१९ संक्रमित थपिएसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये १६ जना कोभिड–१९ संक्रमण भएका बिरामी निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ