२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालगन्जमा थप ६ जनामा कोरोना पोजेटिभ, बाँकेमै कोरोना संक्रमितको संख्या १६ पुग्यो

नेपालगन्जमा थप ६ जनामा कोरोना पोजेटिभ, बाँकेमै कोरोना संक्रमितको संख्या १६ पुग्यो


काठमाडौं–नेपालगन्जमा थप ६ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार नेपालगन्जस्थित प्रयोगशालामा भएको थ्रोट स्वाब परीक्षणमा थप ६ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार नेपालगन्ज ८ निवासी १६, २१ र ३४ वर्षका तीन जना पुरुष र ४०, ५५ र ६० वर्षका तीन महिलामा कोभिड १९ पोजेटिभ देखिएको हो ।

यसअघि आइतबारमात्रै त्यहाँ ५ जना पुरुष र ४ जना महिला गरी ९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको थियो । जसको जानकारी स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिंगमा पुष्टि गरेको थियो ।

शुक्रबार भारतबाट फर्किएका एक जना ६० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएको ट्रेसिङ गर्दा थप १४ जनामा आइतबार कोभिड–१९ पोजेटिभ देखिएको हो ।

शुक्रबार कोभिड–१९ पुष्टी भएका ६० वर्षीय व्यक्तिको सम्पर्कको आएका परिवारका सदस्य र छिमेकी गरी ९० जनाको स्वाब संकलन गरिएको थियो । परीक्षण गरिएका स्वाबमध्ये १५ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ ।

यससँगै नेपालगन्जमै कोभिड–१९ पोजेटिभ देखिनेको संख्या १६ पुगेको छ । नेपालभर भने कोभिड-१९ संक्रमितको संख्या ७५ पुगेको छ । जसमध्ये १६ जना कोभिड-१९ संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ