२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिटनाशक स्प्रे स्वास्थ्यका लागि हानिकारक भन्दै मानिसमा नछर्कन मन्त्रालयको अनुरोध

किटनाशक स्प्रे स्वास्थ्यका लागि हानिकारक भन्दै मानिसमा नछर्कन मन्त्रालयको अनुरोध


काठमाडौँ – कोरोना भाइरस नियन्त्रणको लागि प्रयोग हुने ‘डीसइन्फेक्ट झोल’ स्वास्थ्यको लागि हानिकारक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डीसइन्फेक्ट झोलले कोरोना नाश नहुने र स्वास्थ्यलाई हानि गर्ने हुँदा मानिसमा नछर्कन अनुरोध गरेका छन्।

यसको साथै उनले कतिपय ठाउँमा कोरोना रोक्न डीसइन्फेक्ट तरल पदार्थ छर्केको दृश्य सामाजिक संजालमा आइरहेको जनाउँदै यस्ता पदार्थले मानिसको मुख, नाक र आखाँमा हानि पुर्याउने उल्लेख गरे।

”कोभिड १९को वृद्धि शरीरमा रहेका कोषहरु भित्र रहनाले मानिसमा सिधै किटनाशक झोल हाल्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ।, ‘उनले भने, ‘तोकिएको मापदण्ड पूरा गरेर सहि मात्रमा भुई, सवारी साधन र कुनै पनि बस्तुमा किटनाशक झोल हाल्दा भने कोरोना नियन्त्रण हुनसक्छ ।’

त्यस्तै, कोरोना परीक्षणबारे जानकारी दिंदै उनले पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण भएको जनाए। उनको अनुसार काठमाडौँ उपत्यकामा मात्रै १ जना र उपत्यका बाहिर १ सय ५ जना आइसोलेसनमा छन्। क्वारेन्टाइनमा २१ हजार ५ सय २३ र रेड जोनमा ३ सय २८ रहेको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ