२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ, बाँकेमै संक्रमितको संख्या २३ पुग्यो

नेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ, बाँकेमै संक्रमितको संख्या २३ पुग्यो


काठमाडौं नेपालगन्जमा थप ७ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार नेपालगन्ज-८ का ३ जना पुरुष र ४ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालगन्जमै कोभिड-१९ संक्रमितको संख्या २३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार मंगलबार कोभिड-१९ पोजेटिभ देखिनेहरुमा २२, ३० र ४० वर्षका तीन जना पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।

यसअघि पहिलो पटक नेलागजन्जमा गत शुक्रबार भारतबाट फर्केका एक जना ६० वर्षका पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा आएकाहरुको खोजी गर्ने क्रममा थप ९० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

ती ९० जना मध्ये केहीको थ्रोट स्वाब परीक्षण गर्दा थप १५ जनामा आइतबार कोभिड-१९ पोजेटिभ देखिएको थियो । बाँकीको स्वाब परीक्षण मंगलबार गरिएको थियो । जसमा थप ७ जनामा कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये १६ जना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ