२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ संक्रमित बढ्दै, पिसिआर परीक्षण घट्दै

कोभिड—१९ संक्रमित बढ्दै, पिसिआर परीक्षण घट्दै


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) परीक्षणमा महत्वपूर्ण मानिएको पिसिआर प्रविधी अभाव देखिन थालेको छ । थ्रोट स्वाबको नमूना संकलन गरेपछि त्यसको प्रोसेसिङका लागि पिसिआर किट र आरएनए एस्ट्राक्सन कीट आवश्यक पर्छ । तर, आरएनए एस्ट्राक्सन कीट अभाव भएकाले परीक्षणका लागि समस्या देखिने भएको छ ।

आरएनए एस्ट्राक्सन कीट बिना कोरोनाको रिपोर्ट आउँदैन । केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि किट अभाव भएको छ । प्रयोगशालाका एक अधिकारीका अनुसार दुई दिन मात्रै देशभर पिसिआर परीक्षण सम्भव देखिएको छ । कोभिड परिक्षण गर्ने ल्यावमा पिसिआर प्रोसेसिङका लागि चाहिने आरएनए एस्ट्राक्सन कीट अभाव हुन थालेपछि परीक्षण संख्या घटाउन थालिएको छ ।

आरडिटी परीक्षणलाई विश्वले मान्यता नदिएका कारण पिसिआर प्रविधी नै अलिहेको कोभिड—१९ परीक्षणको एक मात्र विकल्प हो । नेपालमा हरेक वर्ष आरएनए एस्ट्राक्सन कीट २५ सय खपत हुँदै आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । यसको म्याद एक वर्ष हुने भएकाले यसको खपत पनि नेपालमा न्यून रहेको छ । यो किट बजारमा मौज्दात राखिएको हुँदैन । आरएनए एस्ट्राक्सन किटको मुख्य बजार भारत हो । तर, भारतले आरएनए एस्ट्राक्सन किट निर्यातमा पूर्णरुपमा रोक लगाएको व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले बताए ।

किट अभावले मंगलबार परीक्षणका लागि आएका २ सय नमुनामध्ये ८४ वटा धुलिखेल अस्पताल पठाइएको केन्द्रीय प्रयोगशालाले जनाएको छ । एक सय बढी परीक्षण गर्ने प्रयोगशालाले हाल ३० वटा नमुना भन्दा बढी परिक्षण गर्न सकेका छैनन् ।

ओम्नी समूहले ल्याएको दश हजार आरएनए एस्ट्राक्सन किटबाहेक अरु किट खरिद भएको छैन । व्यवस्थापन महाशाखाले १५ हजार आरएनए एस्ट्राक्सन किट १५ हजार पिसिआर रिएजेन्ट र २५ हजार भिटिएम खरिदका लागि खुलाएको टेन्डर आँखु इन्टर प्राइजेज प्रालिले पाएको छ । उसले अबको १५ दिन भित्र ल्याइसक्नुपर्नेछ । तर, विश्वव्यापी रुपमा अभाव भएकाले समयमा ल्याउन सक्ने आधार देखिएको छैन ।

१० हजार आरएनए एस्ट्राक्सन किट कहाँ कति थियो

सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश               २००
वीर अस्पताल                                                     ५००
धुलिखेल अस्पताल                                               ६००
भरतपुर अस्पताल चितवन                                     ४००
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश              १०००
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश           १०००
विपी कोइराला स्वा.वि.प्रतिष्ठान धरान                       १०००
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु                          ४३००
सामाजिक विकास मन्त्रालय प्रदेश                          १६००
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान                                 ४००

आरएनए एस्ट्राक्सन किट अभावले परीक्षण सुस्त

देशभर आरएनए एस्ट्राक्सन किट अभाव भएपछि पिसिआर प्रविधिबाट हुने दैनिक परीक्षण घट्न थालेको छ । १ हजारदेखि १५ सयसम्म हुने पिसिआर परीक्षण केही दिन यता २ सयको हाराहारीमा मात्रै भइरहेको छ । केसहरु प्रत्येक दिन बढ्न थालेका छन् ।

तर, परीक्षण घटेको छ । मंगलबार देशभर २१० जनाको मात्रै पिसिआर प्रविधिमार्फत नमुना परीक्षण गरिएको छ । दैनिक ५ सय माथि परीक्षण हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ५४ नमुना मात्रै परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ११५ जनाको नमुना परीक्षण रिपोर्ट आउन बाँकी छ । हालसम्म १३ हजार ८५० जनाको पिसिआर प्रविधिमार्फत कोभिड—१९ परीक्षण भएको छ । आरडिटीबाट ६६ हजार ७७ जनाको नमूना परीक्षण भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ