२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना जितेर विराटनगरमा उपचाररत ६ भारतीय नागरिक डिस्चार्ज

कोरोना जितेर विराटनगरमा उपचाररत ६ भारतीय नागरिक डिस्चार्ज


विराटनगर—विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिकको तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज भएका छन् । कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरु ३० वर्षीय, २९ वर्षीय, २८ वर्षीय, २१ वर्षीय, ३४ वर्षीय र २६ वर्षीय छन् ।

अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई बुधबार विहान विदाइ गरेका थिए । अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यवहाक मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रले बताइन् ।

डिस्चार्ज हुने सबैलाई १४ दिन विराटनगरस्थित एक क्वारेन्टाइनमा राखिने छ । पहिलो चरणमा अस्पताल भर्ना भएका १३ जनाको स्वाब परीक्षणमा ६ जनाको दोस्रो र तेस्रो पटक नेगेटिभ नतिजा आएकोले उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

विराटनगरको कोभिड—१९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत छन् । तीमध्ये १२ जना भारतीय हुन् । उपचारमा रहेका अन्य २ जना झापाका र १ जना भोजपुरका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ