२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरगन्जमा १७ जनामा कोभिड-१९ पोजेटिभ, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

वीरगन्जमा १७ जनामा कोभिड-१९ पोजेटिभ, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो


काठमाडौँ –  वीरगन्जमा १७ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ। बुधबार मन्त्रालयको नियमित व्रिफिंगमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परिक्षणमा वीरगन्जमा १७ जनामा कोभिड-१९ पोजेटिभ देखिएएको जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा २ महिनाको शिशु देखि ६६ वर्ष उमेर समुहका व्यक्तिमा कोभिड-१९ पुष्टी भएको डा. देवकोटाले जनाए । उनका अनुसार संक्रमित हुनेहरुमा ७ जना महिला र १० जना पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोभिड-१९ पोजेटिभ हुनेको संख्या ९९ पुगेको छ । एकैदिन सबैभन्दा बढी कोभिड पोजेटिभ देखिएको यो पहिलोपटक हो । यस अघि नेपालगञ्जमा एकैदिन १५ जनामा देखएिको थियो । त्यसैगरी, उदयपुरको भूलकेमा १२ जनामा एकैदिन पोजेटिभ देखिएको थियो । संक्रमित मध्ये २२ जना निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ