२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगर्भावस्थामा देखिन्छन् यस्ता १५ परिवर्तन

गर्भावस्थामा देखिन्छन् यस्ता १५ परिवर्तन


लकडाउनको समयमा प्रिग्नेन्सी टेस्ट गर्न नपाएर हैरान हुनुहुन्छ? गर्भ बसे वा नबसेको तथ्य अब लक्षणहरुबाटै पनि थाहा सकिन्छ । नियमित रुपमा महिनावारी हुने महिलामा आफ्नो महिनावारी रोकिने बित्तिकै गर्भ बसेको शंका लागेतापनि महिनावारी नियमित नभएको महिलाको हकमा भने यी कुरा लागु हुँदैन । तसर्थ, त्यस्तो अवस्थामा भने हामीले आफूमा देखा परेको लक्षणबाट नै गर्भवती भए वा नभएको कुराका एकिन गर्न सकिन्छ ।

गर्भवती लक्षण पहिलो पटक कहिले देखा पर्दछ?

केही महिलाहरुले आफ्नो गर्भावस्थाको लक्षण तीन महिनाको पहिलो हप्तामा नै लक्षण देखा परेको बताएका छन् । अन्य लक्षणहरु भने विस्तारै समयक्रमसँगै क्रमसः देखा पर्दै जान्छ । यद्यपि सुरुवाती लक्षण भने महिनावारीको समयमा देखा पर्ने लक्षणअनुरुप नै हुने गर्दछ । जसकारण महिलाले यस्ता लक्षणहरुबाट भने आफूमा देखा परेको लक्षणको सजिलै पहिचान गर्न सक्दैनन् । केही महिलामा गर्भवस्थाको समयमा देखा पर्ने लक्षणहरु एकै किसिमका हुन्छन्, भने अन्यमा भने फरक–फरक प्रकृतिका लक्षणहरु देखा पर्दछन् ।

प्रत्येक महिलाको शरीरमा भएको वशांणुगत तथा हार्माेनले उनको गर्भावस्थामा समेत प्रभाव पार्ने भएकोले महिलामा देखा पर्ने लक्षण सोहीअनुरुप नै फरक–फरक रुपमा देखा पर्दछ । यद्यपि, कतिपय महिलाामा भने समान किसिमका लक्षणहरु देखा परेको पनि पाइएको छ । यसरी विभिन्न रुपमा देखा परेका अधिकांश लक्षणहरुले महिला गर्भवती भए वा नभएको संकेत गर्दछ ।

यस्ता छन् गर्भावस्थाको सुरुवातीमा देखा पर्ने १५ लक्षणहरु

१. महिनावारी रोकिनु

महिनावारी रोकिनु गर्भावस्थाको दौरानमा देखिने पहिलो लक्षण हो । गर्भाशयमा निषेचित अण्डा रोपणको समयमा महिलामा हल्का दुखाइको महसुस पनि हुने गर्दछ । महिनावारी नहुनु तर महिनावारीको दौरानमा जस्तै दुखाइ महसुस भएको खण्डमा सो लक्षण गर्भवती अवस्थाको लक्षण हो भनेर एकिन गर्न सकिन्छ । तर, नियमित महिनावारी हुनेका निम्ति यो लक्षण पहिचान गर्न सहज भएतापनि महिनावारीको अनियमितता रहेको महिलाहरुको सन्दर्भमा भने सजिलै एकिन गर्न सकिदैन । तर, त्यस्ता महिलाहरुमा पनि यस्ता लक्षण देखिने सम्भावना उत्तिकै रहन्छ ।

२. योनीमा परिवर्तन

केही महिलाहरुले गर्भवस्थाको सुरुवाती दिनहरुमा आफ्नो योनी मोटो भएको तथा त्यहहँबाट दूधजस्तो तरल पदार्थ निस्केको महसुस पनि गर्न सक्छन् । योनीका भित्ताहरुमा देखा पर्ने यस्ता लक्षण महिनावारीको सुरुवाती हप्ता दिनमा देखा परेता पनि यो केहीमा भने गर्भावस्थाको अवधि भरसम्मै देखा पर्दछ । तर, यस लक्षणसँगै महिलामा रक्तश्राव हुने, गन्ध आउने तथा चिलाउने समस्या देखा परेमा तुरुन्त सम्बन्धित विशेषज्ञलाई देखाउनु पर्दछ ।

३. स्तनको आकारमा परिवर्तन

अधिकांश महिलाले गर्भ रहेको सुरुवाती पहिलो हप्तामा नै आफ्नो स्तनको परिवर्तन महसुस गर्दछन् । यी परिवर्तनसँगै महिलाले पीडारुपी भारीपन, परिपूर्णता तथा संवेदनशीलता समेत महसुस गर्छन् । तर, क्रमिक रुपमा केहि हप्तापछि भने यस्ता असहजीपन माथि गर्भवतीले विजय प्राप्त गर्दै जान्छिन् ।

४. अरिएला (नितम्ब) कालो हुनु

अरिएला अर्थात्, निप्पल वरपरको भाग । गर्भावस्थाको दौरानमा महिलाको अरिएला कालो हुँदै आउने हुन्छ ।

५. थकान

थकान विभिन्न रोग, शारीरिक गतिविधि एवं समस्याहरु सम्बन्धित भएतापनि गर्भवतीका दौरानमा देखा पर्ने लक्षणमध्ये यो पनि एक हो ।

६. मर्निङ सिकनेस, वाकवाकी र वान्ता लाग्नु 

यो गर्भावस्था देखिने साझा समस्यामध्ये एक हो । किनकी, गर्भावस्थाको दौरानमा महिलामा जुनसुकै समयमा पनि वाकवाकी लाग्न सक्छ । अधिकांश महिला यस्ता समस्याबाट गुज्रिएतापनि केहि महिलाहरुले भने आफूलाई गर्भावस्थाको मर्निङ सिकनेस (बिहानको समयमा देखा पर्ने समस्या) अनुभव नगरेको बताएका छन् । यो विशेषगरी महिलामा गर्भावस्थाको दोस्रोदेखि आठौं हप्ताको अवधिसम्ममा देखा पर्दछ । केही महिलाहरु १३ देखि १४ हप्ताको बीचमा यस समस्याबाट मुक्त भएतापनि अन्यमा गर्भावस्थाको अवधिभर यस्तो समस्या देखा परिरहन्छ ।

७. गन्ध थाहा पाउनु

गर्भवती महिलामा यस समयमा गन्धको चाल छिटो थाहा पाउने हुन्छन् । तसर्थ उनीहरुलाई रिंगटा लाग्नु तथा बान्ता आउनुको कारणमध्ये यो पनि एक हो ।

८. लगातार पिसाब लाग्नु

गर्भ बसेको ६ देखि ८ हप्तामा महिलामा हुने हार्माेन परिवर्तनका कारण उनीहरुमा छिटो—छिटो पिसाब लाग्ने समस्या देखा पर्दछ । र, कसै–कसैमा भने पिसाब पोल्ने समस्या पनि देखा पर्दछ । यस समयमा अधिकांश महिलामा पिसाब फेर्ने नली संक्रमण (युरिनरी ट्रयाक इन्फेक्सन) हुने भएकाले यस्तो अवस्थामा भने महिला जाँचको लागि अस्पताल पुग्नुपर्ने हुन्छ ।

९. रिंगटा लाग्नु र बेहोस हुनु

सम्भवतः महिलामा यस्तो समस्या हार्माेनमा आएको परिवर्तन, ग्लूकोजको मात्रा, रक्तचाप, रिंगटा तथा टाउको दुखाइको कारण देखा पर्दछ । गर्भ रहेको समयमा पनि महिला बेहोस हुने सम्भावना पनि उच्च रहन्छ ।

१०. कब्जियत

हार्माेन परिवर्तनकै कारण कतिपय महिलाहरुमा गर्भ बसेको सुरुवाती दिनमा कब्जियतको समस्या देखा पर्दछ ।

११. टाउको दुख्नु

गर्भवस्थाका हुने हार्माेन गडबडीकै कारण देखा पर्ने अर्काे समस्या भनेको टाउकोको दुखाइ पनि हो ।

१२. खानाप्रतिको रुची घट्नु वा बढ्नु

गर्भ बसेको सुरुवाती अथवा अन्तिम चरणमा महिलामा यस्ता परिवर्तन देखा पर्न सक्छ । महिलामा वाकवाकी लाग्ने, खानाको स्वाद मिठो नलाग्ने भएकै कारण केही खानाप्रतिको रुची समेत घट्न जान्छ ।

१३. ढाड दुखाइ (ब्याक पेन)

यस्ता समस्या महिलामा विशेष गरी गर्भको अन्तिम चरणमा देखा पर्दछ । जबकि, यसको सुरुवाती अवस्थामा ढाडको तल्लो भागबाट दुखाइ सुरु हुन्छ । ।

१४. मुड परिवर्तन

हार्माेन परिवर्तनका कारण गर्भ रहेको पहिलो तीन महिनाको अवधिमा महलिामा मुड परिवर्तन हुने समस्या देखा पर्दछ । जसकारण उनीहरुमा तनाव एवं चिन्ताको मात्रा बढ्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

१५. श्वास फेर्न गाह्रो हुनु वा छिटो—छिटो श्वास फेर्नु

भ्रुणको विकास हुने क्रममा गर्भवतीलाई अक्सिजनको मात्रा बढी आवश्यक पर्न सक्छ । जसकारण उनीहरुमा स्याँ–स्याँ हुने समस्या देखा पर्दछ । विशेषतयाः यी समस्या महिलामा गर्भावस्थाको अन्तिम चरणहरुमा देखा पर्दछ ।


-एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ