२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१० शैय्या आईसीयु निर्माणका लागि राप्तीलाई ‘एएनएमएफ’ को ६८ लाख सहयोग

१० शैय्या आईसीयु निर्माणका लागि राप्तीलाई ‘एएनएमएफ’ को ६८ लाख सहयोग


काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १० वेड आईसीयुको सेटअपका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले ६८ लाख २५ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत एएनएमएफले बिहीबार प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीलाई हस्तान्तरण गरेको हो ।

विभिन्न अस्पतालहरुमा आर्थिक सहयोग गर्दै आएको एएनएमएफले सानो सहयोगले त्यस क्षेत्रका नागरिकले ज्यान जोगाउन सकिने विश्वास लिएको छ । फाउन्डेसन नेपालका अध्यक्ष डा. भुपेन्द्र बस्नेतले आईसीयु अभावका कारण कतिपय बिरामीले अकालमै मृत्युवरण गर्नु परेको भन्दै राप्तीमा दश शैय्या आईसीयुका लागि सहयोग गरेको बताए ।

डा बस्नेतको नेतृत्वमा कोभिड–१९ महामारीका बेला विभिन्न अस्पतालहरुलाई २० करोड बढी मूल्यका मेडिकल सामग्रीहरु सहयोग स्वरुप वितरण गरिएको छ । बस्नेतले सो रकम बाट भेन्टिलेटर २, पेसेन्ट मनिटर २, इसिजी मेसिन १, आईसीयु बेड ४ र डिफ्रिब्रेलेटोर १ जडान हुने बताए ।

त्यस्तै एएनएमएफले कोशी अस्पतालमा १ करोड लागतमा अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । ‘रकम आइसकेको छ । हामी केही दिनमा त्यसको व्यवस्थापन गर्दैछौं,’ डा बस्नेतले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ