२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआरडिटी किटबाट कोभिड—१९ परीक्षण नगर्न राष्ट्रिय मानवअिधकार आयोगको निर्देशन

आरडिटी किटबाट कोभिड—१९ परीक्षण नगर्न राष्ट्रिय मानवअिधकार आयोगको निर्देशन


काठमाडौं–राष्ट्रिय मानवअधिकार आयोगल कोभिड—१९ परीक्षणमा प्रयोग भइरहेको ¥यापिड डाइग्नोष्टी किट (आरडिटी) प्रयोग नगर्न सरकारलाइ निर्देशन दिएको छ ।

संक्रमण पत्ता लगाउनका लागि आरडिटी परीक्षण भरपर्दो नभएकोले पिसिआर परीक्षणका लागि पर्याप्त उपकरणको व्यवस्था गर्न, संक्रमित क्षेत्रमा पिसिआर परीक्षणलाई तीव्रता दिन तथा अस्पतालहरुमा पर्याप्त पीपीई व्यवस्था गर्न निर्देशन दिएको हो ।

आयोगले बुधबार निकालेको विज्ञप्तीमा कोभिड—१९ को जटिल परिस्थितीमा नेपाल बार एशोसिएसन, पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँगको सहकार्यमा अनुगमन गरी सूचना संकलन गरेका आधारमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई त्यस्तो निर्देशन दिएको हो ।

साथै, आयोगले लकडाउनको पालनमा कमजोरी देखिएकोले त्यसलाई सच्याउनुपर्ने, निषेध गरिएका क्षेत्रका अपांगता भएका, जेष्ठ नागरिक, सुत्केरी तथा शिशु्हरुको आधारभूत आवश्यकतामा विशेष ध्यान दिनुपर्नेलगायतका निर्देशन दिएको छ ।

त्यसैगरी क्वारेन्टाइनमा रहेका मानिसहरुका लागि मौसमअनुसार कपडा व्यवस्थापन, सरसफाइ, औषधी र खाद्यान्नको भरपर्दो प्रबन्ध गर्न समेत भनेको छ । विदेशमा अलपत्र परेका विद्यार्थी, आप्रवासी कामदार तथा पर्यटक तथा कामको शिलशिलामा विदेशमा रहेकाहरुलाई कुटनीतिक पहल गरी स्वदेश फर्कने वातावरण तय गर्न समेत आयोगले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ