काठमाडौं—सरकारले २८ बैशाखभित्र चार प्रदेशका १२ जिल्लामा ४ हजार ३७० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने लक्ष्य लिएको छ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले आगामी २६, २७ र २८ गतेमा ४ हजार ३७० जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार प्रदेश नं १ को उदयपुरबाट ५०० जना, प्रदेश नं २ को बारा २००, पर्सा ५०० जनाको नमुना संकलन गरेर परीक्षण गरिनेछ । गण्डकी प्रदेशमा नवलपरासी पूर्वबाट ४० जनाको स्वाव संकलन गरेर परीक्षण गरिनेछ ।
प्रदेश नं ५ मा नवलपरासी पश्चिम १५०, अर्घाखाँची १८०, रुपन्देही ३००, गुल्मी २००, कपिलवस्तु ६००, प्युठान २००, बाँके १००० र बर्दियामा ५०० जनाको स्वाव संकलन गर्ने गरेर परीक्षण गर्ने तयारी छ ।
स्वाब संकलनका केन्द्र र आवश्यक सामग्री यस्तो छ