२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक लाख नागरिकको पिसिआर परीक्षण गर्ने नेपालको क्षमता

एक लाख नागरिकको पिसिआर परीक्षण गर्ने नेपालको क्षमता


काठमाडौँ  – नेपालमा तत्काल एक लाख नागरिकको पिसिआर परिक्षण गर्न सकिने भएको छ । सोमबार चीन सरकारले कोरोना भाइरस रोगको परीक्षणका लागि अनुदानमा ४० हजार पीसीआर किट स्वास्थ्य मन्त्रालयलाई दिएसँगै मौज्दात १ लाख पुगेको हो ।

झण्डै दुई हप्ता पिसिआर किटको अभावमा परिक्षणले गति लिन सकेको थिएन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  लाख पिसिआर किट मौज्दात  उपलब्ध हुनु अघि ६० हजार पीसीआर किट आएको बताए ।

किट अभावका कारण दैनिक २ सय ५० नमुना परीक्षण हुँदै आएकोमा दुई दिन यता भने १३ सय बढी परीक्षण हुन थालेको छ । यसलाई अझै बढाउने सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका करिब १३ हजारको एक हप्ता भित्रै नमुना संकलन गरिसक्ने तयारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ