२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप एकजनामा कोरोना पुष्टी, संक्रमितको संख्या १ सय २१ पुग्यो

थप एकजनामा कोरोना पुष्टी, संक्रमितको संख्या १ सय २१ पुग्यो


काठमाडौँ –  नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ। वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप एक जनामा कोरोना ‘पोजेटिभ’ पुष्टी भएको हो।

 संक्रमित देखिएका १८ वर्षीय युवक सप्तरीका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार सोमबार एकैदिन थप ११ जनामा कोरोना पोजेटिभ पुष्टी भएको हो । राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १० जना र वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप एक जनामा  कोरोना देखिएको हो ।

नयाँ संक्रमितहरू सबै पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनकाअनुसार संक्रमितहरु १८, १९, २०, २०, २४, ३०, ३१ र ३४ वर्षीय पुरुष रहेका छन् । एक जना पुरुषको भने उमेर खुल्न सकेको छैन् ।
प्रवक्ता अधिकारीकाअनुसार संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ