२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ : सूर्तिजन्य पदार्थ आपूर्ति तथा बिक्रीमा रोक लगाउन २३ वटा संस्थाको माग

कोभिड-१९ : सूर्तिजन्य पदार्थ आपूर्ति तथा बिक्रीमा रोक लगाउन २३ वटा संस्थाको माग


काठमाडौं-सूर्तिजन्य पदार्थ सेवन गर्नेहरुमा कोभिड–१९ को गम्भीर जटिलता हुने सम्भावना रहेको भन्दै त्यसको आपूर्ति र बिक्रीमा पूर्ण रूपमा बन्देज लगाउन २३ वटा विभिन्न सामाजिक तथा अन्य संघसंस्थाले सरकारसँग माग गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्रधानन्त्री तथा अन्य मन्त्रीहरुलाई ध्यानाकर्षण पत्र पठाउँदै ती संस्थाहरुले आगामी बजेटमा सूर्तिजन्य पदार्थको कर ७५ प्रतिशत पु¥याउनुपर्ने सुझाव समेत दिएका छन् । सूर्तिजन्य पदार्थ सेवनले नसर्ने रोगको प्रकोप बढाउने र नसर्ने रोगको प्रकोप भएकाहरुमा कोभिड–१९ को संक्रमणले अति जोखिम बनाउने भन्दै सरकारले यसको बिक्रीमा तत्काल रोक लगाउनुपर्ने उल्लेख गरेका छन् ।

संस्थाहरुले बुझाएको ध्यानाकर्षण पत्रमा इटालीको राष्ट्रिय स्वास्थ्य संस्थानको प्रतिवेदनमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकामध्ये ९९ प्रतिशत मानिस नसर्ने रोगबाट पहिले नै ग्रसित भएको उल्लेख छ । त्यसैगरी चिकित्सा सम्बन्धी ‘न्यु इंग्ल्यान्ड जर्नल’मा प्रकाशित अर्को अध्ययनअनुसार कोभिड– १९ को गम्भीर लक्षणहरू धूम्रपान नगर्नेको तुलनामा धूम्रपान गर्नेहरूमा २.४ गुणाले बढी हुने देखाएको छ ।

यस्तो छ पत्र

वैशाख २८, २०७७
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।

विषय ः ध्यानाकर्षण सम्बन्धमा ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरिरहेको प्रयासको उच्च प्रशंसा गर्दै हामी यो महामारीबाट चाँडै छुटकारा पाउने आशा गर्दछौँ ।

समाजको सचेत सदस्य र देशको जिम्मेवार नागरिक हुनुका नाताले कोभिड– १९ नियन्त्रणमा हामी पनि उत्तिकै जिम्मेवार हुनुपर्छ भन्ने बोध छ । त्यसैले नागरिक समाज, शिक्षाविद्, बुद्धिजीवी तथा पेसागत संस्थाहरूको प्रतिनिधित्व गर्दै कोभिड– १९ नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पुग्ने केही उपायहरू प्रस्तुत गर्न चाहन्छौँ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण तीव्र गतिले फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० मा कोभिड– १९ लाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । आज १० मे २०२० सम्म यो भाइरस दुई सय १२ देशमा फैलिसकेको छ । विश्वभर यो भाइरसबाट ४१ लाख १ हजार ८ सय ८९ जना संक्रमित भइसकेका छन् भने दुई लाख ८० हजार ४ सय ४३ जनाको मृत्यु भइसकेको छ । २८ वैशाख ०७७ सम्म नेपालमा कोभिड– १९ बाट १२१ जना संक्रमित भएका छन् भने ३१ जना निको भएर घर फर्किसकेका छन् ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
नसर्ने रोगहरूका प्रमुख कारक विश्वमा झैँ नेपालमा पनि सुर्तीजन्य पदार्थ तथा धूम्रपान हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘नसर्ने रोग सम्बन्धी जोखिम तत्व सर्वेक्षण२०१९’ ले २८.९ प्रतिशत नागरिकले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेकोे देखाएको छ । जसमा ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन् । चुरोट सेवन गर्नेको संख्या १७.१ प्रतिशत छ भने धुँवारहित सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या १८.३ प्रतिशत रहेको छ । नेपालमा हरेक वर्ष करिब २७ हजार एक सय ३७ जनाकोे मृत्यु धूम्रपान सेवनका कारण हुने गरेका विश्वस्वास्थ्य सुंगठन नेपाल प्mयक्टसिट २०१८ मा उल्लेख छ । नेपालमा प्रमुख नसर्ने रोगहरू क्यान्सर, हृदयघात, मिर्गौला रोग, मधुमेह तथा उच्च रक्तचाप आदि हुन् र यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन हो भन्ने यब्लुएचओको नसर्ने रोग कन्ट्री प्रोफाइलले देखाएको छ ।

नसर्ने रोगका बिरामीहरू कोभिड– १९ को संक्रमणको उच्च जोखिममा रहने र संक्रमित भइसकेपछि गम्भीर बिरामी पर्ने वा मृत्यु नै हुने विभिन्न देशमा भएका अध्ययनले देखाउँछ । कोभिड– १९ सँग सम्बन्धित यब्लुएचओ चिन संयुक्त मिसनले गरेको अध्ययनले पनि नसर्ने रोग लागेका मान्छेहरूको मृत्युदर अरूको भन्दा बढी भएको आँैल्याएको छ । त्यसैगरी इटालीको राष्ट्रिय स्वास्थ्य संस्थान को प्रतिवेदनमा कोभिड– १९ को संक्रमणबाट मृत्यु भएकामध्ये ९९ प्रतिशत मानिस नसर्ने रोगबाट पहिले नै ग्रसित भएको उल्लेख छ । चिकित्सा सम्बन्धी ‘न्यु इंग्ल्यान्ड जर्न मा प्रकाशित अर्को अध्ययन अनुसार कोभिड– १९ को गम्भीर लक्षणहरू धूम्रपान नगर्नेको तुलनामा धूम्रपान गर्नेहरूमा २.४ गुणाले बढी हुने देखाएको छ । यी सबै अध्ययन अनुसार सुर्तीजन्य पदार्थले नसर्र्नेे रोग निम्त्याउने, नसर्र्नेे रोग लागेका मान्छेहरूमा कोभिड– १९ को संक्रमणको जोखिम उच्च बनाउने, संक्रमित भइसकेपछि सघन उपचार तथा भेन्टिलेटरको आवश्यकता पर्ने र अन्तमा मृत्युको दर पनि बढी रहने निष्कर्ष निकालेको छ ।

कोरोना भाइरस हावाबाट सर्ने तथ्य वैज्ञानिक रूपमा प्रमाणित नभए पनि धुँवाबाट सर्ने सम्भावना भने उच्च छ । धूम्रपान गर्ने व्यक्तिले फालेको धँुवा धेरै परसम्म जान्छ र धेरैबेरसम्म हावामा अडिन्छ । धुँवा फाल्ने व्यक्ति संक्रमित भएमा उनले फालेको धुँवाबाट वरिपरि बस्नेलाई सजिलै संक्रमित बनाउन सक्छ । तसर्थ धूम्रपान नगर्न सार्वजनिक आह्वान गर्न आवश्यक छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
उपरोक्त तथ्य तथा प्रमाणको आधारमा हामी तपसिल बमोजिमका उपायहरू तत्काल अवलम्बन गर्न÷गराउनुहुन हार्दिक आग्रह गर्दछौँ ।
१. धूम्रपानकर्ताहरू कोभिड– १९ को जोखिममा हुन्छन्, त्यसैले चुरोट, बिँडी लगायतका सुर्तीजन्य पदार्थ त्याग्न प्रेरित गरेर कोभिड– १९ बाट हुने गम्भीर जोखिम न्यूनीकरण गर्न सकिन्छ, एक व्यक्तिबाट अर्कोमा संक्रमणको दर पनि कम हुन्छ तथा रोग प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि मद्दत पुग्छ । यी विषय समेटेर सन्देशमूलक सूचनाहरू टेलिभिजन, रेडियो तथा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत प्रकाशन र प्रसारण गर्ने ।

२. कोभिड– १९ संक्रमितहरूको अभिलेख राख्दा सुर्तीजन्य पदार्थ तथा धूम्रपान गर्ने गरेको वा नगरेको अभिलेख राख्न व्यवस्था मिलाउने ।

३. कोभिड– १९ को बढी जोखिममा रहेका उच्च रक्तचाप, मुटुरोग, मधुमेह, क्षयरोग, मिर्गाैला रोग, क्यान्सर आदि रोगका बिरामीले नियमित सेवन गर्ने औषधि तथा स्वास्थ्य सेवाहरूको निरन्तर आपूर्ति तथा उपलब्धता सुनिश्चित गर्ने ।

४. कोभिड– १९ को संकटसँग लड्न बारम्बार साबुनपानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, शारीरिक व्यायाम तथा योग गर्ने, पोषिलो आहार सेवन गर्ने, मद्यपान त्याग्ने र बन्दाबन्दी अवधिभर मानसिक स्वास्थ्य सुरक्षा सम्बन्धी शिक्षामूलक सूचनाहरू विभिन्न सञ्चार माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने ।

५. सुर्तीजन्य पदार्थ जस्तै गुट्खा, पानमसला, सुपारीका प्रयोगकर्ताले जथाभावी थुक्ने हँुदा समुदायमा कोभिड– १९ को संक्रमण फैलिन सक्ने सम्भावना भएकाले भारतका बिहार, झारखण्ड, तेलंगाना, उत्तराखण्ड, हरियाणा, नागाल्यान्ड, आसाम, उत्तर प्रदेश तथा महाराष्ट्र लगायतका राज्यले लकडाउन अवधिभर यस्ता सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । यस्तो उदाहरण तत्काल नेपालमा पनि लागू गर्न आवश्यक छ ।

६. नेपाल सरकारले कोभिड– १९ रोकथाम गर्न गरेको लकडाउनको मौका छोपी अतिआवश्यक सामग्रीहरू जस्तै– दूध, फलफूल तथा खाद्यान्नका सवारीसाधनमा चुरोट, खैनी, गुट्खा पनि आपूर्ति गर्ने तथा आपूर्तिका अन्य उपायहरू अवलम्बन गर्न सक्ने हुँदा सुर्तीजन्य पदार्थ आपूर्ति र बिक्रीमा पूर्ण रूपमा बन्देज लगाउने तथा नियमित रूपमा बजार अनुगमन गर्ने ।

७. सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनमा सुर्तीजन्य पदार्थ सम्बन्धी कुनै पनि किसिमको विज्ञापन तथा प्रवद्र्धन कार्य गर्न नपाइने स्पष्ट उल्लेख भए पनि धेरैजसो सुर्तीजन्य पदार्थहरू (जस्तै– ई–सिगरेट, भेप, सिसा, वाटर पाइप इत्यादि) को विज्ञापन तथा बिक्री–वितरण विभिन्न अनलाइन पोर्टलहरूमा अझै पनि विद्यमान छ । त्यस्ता विज्ञापनले लकडाउनको बेला लामो समयसम्म घरैमा बसेका युवा, विद्यार्थी र बच्चाहरूमा सुर्तीजन्य पदार्थ सेवनको लत बसाउन उत्प्रेरित गर्न सक्ने हुँदा यस्ता विज्ञापन तथा प्रवद्र्धनमा प्रतिबन्ध लगाउने ।

८. सुर्ती उद्योग र उद्योगसँग सम्बन्धित व्यक्तिहरूबाट कोभिड– १९ नियन्त्रण सम्बन्धी कुनै प्रकारको चन्दा, सहयोग र साझेदारी गर्ने कार्यलाई निषेध गर्ने ।

९. सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन शतप्रतिशत कार्यान्वयन गर्दै सार्वजनिक स्थानहरूलाई तत्काल र पूर्ण रूपमा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने ।

१०. नेपाल सरकार कोभिड– १९ विरुद्ध लडाइँमा मात्र छैन, आगामी वर्षका लागि बजेट निर्माणमा पनि जुटिरहेको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरे अनुसार सुर्तीजन्य पदार्थमा करको दायरा यही बजेटमा आउने गरी ७५ प्रतिशत पु¥याउने ।

कोभिड– १९ महामारी नियन्त्रणमा सरकारको प्रयासलाई थप सहयोग पुगोस् भन्ने हेतुले उपरोक्त उपाय लागू गर्न आग्रह गरेका छौँ । साथै, सबै पक्षको आपसी सहयोग र अथक प्रयासद्वारा यो विश्वव्यापी महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिनेछ भन्नेमा हामी विश्वस्त छौँ ।

बोधार्थः
माननीय उप–प्रधान एवम रक्षामन्त्री, रक्षामन्त्रालय, सिंहदरबार, काठमाडौं
माननीय गृह मन्त्रीज्यू, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं
माननीय अर्थ मन्त्रीज्यू, अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौं
माननीय उद्योग मन्त्रीज्यू, उद्योग मन्त्रालय, सिंहदरबार, काठमाडौं
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
श्री नोवेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्थरीय समन्वय समिति, रक्षामन्त्रालय, सिंहदरबार, काठमाडौं


सम्पर्क व्यक्तिः
– ९८४८७३०१५० मोहित सिंह ठगुन्ना
– ९८४१२१३९५१ भरत बिक्रम शाह


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ