२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना भाइरसलाई बेवास्ता नगरौं

कोरोना भाइरसलाई बेवास्ता नगरौं


नेपालमा कोरोना भाइरस (कोभिड—१९) केस प्रतिदिन तीव्रतर बढिरहेको छ । उता विना पूर्वतयारी लकडाउन खोलिदैंछ । सो कल्ड फितलो बनाइदैंछ । अस्पतालहरुलाई पूर्णरूपमा आवश्यक सुरक्षा कवच राष्ट्रिय रुपमा पु¥याउन गाह्रो छ । तर, पनि ओपिडीलगायतको सेवा निरन्तरता दिन भनिएको छ । सार्वजनिक सेवाका कार्यलय खुला गरिदैंछ । सबै कर्मचारीहरुलाई काममा बोलाइदैंछ । मानिसको भिडभाड सुरु भइसक्यो ।

अब चुनौतीहरु के हो भने स्वास्थ्यकर्मी, नर्स वा चिकित्सक संक्रमित भए भने त्यो संक्रमण ओपिडीमा त छाड र म छाड गरेर ज्यानै फालेर आउनेहरु सयौंलाई स¥यो भने उक्त अवस्था भयावह हुन सक्छ कि सक्दैन ? खोई यो विषयमा मनन् गरेको ? सेवा प्रदायक एक कर्मचारी संक्रमित भए भने सबै सेवाग्राही प्रभावित हुन्छन कि हुन्न ? खोई कम कर्मचारी एक्सपोजरको उपायलाई अवलम्बन गरेको ?

२०७६ माघमा पहिलो पटक कोभिड—१९ को केस नेपालमा देखियो । अहिलेसम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र मेडिकल कलेजहरुले गम्भीर लक्षणरहित कोभिड—१९ बिरामीहरुको विषयमा खोई रिसर्च गरेको ? अहिलेसम्म त्यो जिम्मेवारी पूरा गरेको खै ?

केही हदसम्म सुखद् पक्ष मान्नु पर्छ कि आजसम्म कोभिड—१९ केसले नेपालमा विकराल अवस्था आएको छैन । तर, कोरोनाले संसारभर धेरै नेपालीको ज्यान लिइरहँदा नेपालीलाई बाँकी राख्छ भन्नु कतिको विज्ञानसम्मत हुन्छ?

तथ्यहरुलाई हेर्दा केही देशहरुमा संक्रमितको संख्या ३/४ सय जना हुँदा पनि मानिस मरेको देखिदैन् । तर, सोभन्दा माथि नाघेपछिको सेकेण्ड स्पाइक र म्युटेड सार्स सीओभी—२ ले भकाभक मानिसहरुको ज्यान लिइरहेको छ । नेपाल सरकारले कोभिड—१९ संक्रमण रोकथाम, नियन्त्रण र सतर्कताका लागि कामै नगरेको भने होइन तर जति गर्नुपर्ने हो । त्यो चै नगरेकै हो । जस्तो सहज वातावरण थियो । त्यो बेला काम नभएकै हो ।

धन्न नेपालमा संघीयता लागु भएपछि तीन तहको सरकार क्रियाशील छन् । प्रदेश र स्थानीय सरकारले सकेजति रोकथाम र व्यवस्थापन गरिरहेका छन् । हुनत, नेपालले स्वास्थ्य क्षेत्रलाई कहिल्यै प्राथमिकतामा नराख्नु र रुलिङ पार्टीले स्वास्थ्य मन्त्रालयलाई पहिलो रोजाइको मन्त्रालयमा नपार्नु पनि अहिलेको समस्याका कारक हुन् ।

यो लेखिरहँदा एउटा सन्दर्भ जोडौं । एक जना दुबईमा काम गरी चैतमा नेपाल आएका व्यक्ति केहि दिनअघि हाम्रो अस्पतालमा जाँच गर्न आए । र भन्दै थिएँ, ‘सर म एयरपोर्टमा काम गर्थे । त्यहाँ त भकाभक मानिस ज्वरोले ढल्थे । तर, भिडियो खिच्न दिइदैन थियो ।’ हो, हामीले पनि सामाजिक सन्जाल र न्युज पोर्टलहरुमा हेरेकै छौं । पढेका नै छौं ।

तर, पनि हामी कता—कता कोरोनालाई राज्यको तह वा नागरिकको तहबाट समेत बेवास्ता त गरिरहेका छैनौं । एक पटक मनन् गरौं । यदि नेपालमा महामारी जति ढिला र थोरै संख्यामा हुन्छ त्यति थप तयारी र समाधानका वातावरण बन्न सक्छ । एक पटक सम्झिउँ न परिवारमा पनि एक जना बिरामी हुँदा जति केयर हुन्छ, सबैजना बिरामी भए कसले—कसको स्याहार—सुसार गर्ने ? हो त्यसैले संक्रमित नहुन सतर्कता अपनाउनुको कुनै विकल्प छैन । तर, म मात्र अर्थात एक जना मात्रै संयमित भएर हुन्न तपाईं हामी सबै सतर्क हुन जरुरी छ ।

अन्त्यमा यो बेला बिना सुरक्षा र विना सतर्कता हिडडुल गर्नु भनेको आफैमा भाइरस आमन्त्रण गर्नु हो । र, आफ्नो परिवारलाई आफैले संक्रमित बनाउनु हो । त्यसैले कोरोना संक्रमणलाई बेवास्ता गर्नु जिन्दगी कै ठूलो पश्चताप हुनेछ । समयले नेटो काटेपछिको पश्चताप केवल न्याउरी मारी पछुतो शिवाय केही हुने छैन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ