२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपर्साका ३९ कोरोना संक्रमितमध्ये दुई जना सञ्चारकर्मी

पर्साका ३९ कोरोना संक्रमितमध्ये दुई जना सञ्चारकर्मी


काठमाडौं- नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणका क्रममा एकैदिन ५७ जनामा कोभिड-१९ संक्रमण पुष्टी भएको हो ।

कोभिड-१९ पोजेटिभ देखिएका ५७ जनामध्ये  ३९  जना पर्साका रहेका छन् । ती पर्साका ३९ जनामध्ये २ जना सञ्चारकर्मी रहेको पाइएको छ ।

नारायणी अस्पताल स्रोतकाअनुसार मंगलबार कोभिड १९ पोजेटिभ देखिएका ३९ जनामध्ये २ जना सञ्चारकर्मी रहेका छन् । संसारभर सञ्चारकर्मी पनि कोभिड-१९ का बेला अग्रपंक्तिमा रहँदैं आएकाले उनीहरुलाई कोभिड-१९ संक्रमणको जोखिममा छन् । नेपालमा सञ्चारकर्मीमा कोभिड-१९ पोजेटिभ देखिएको पहिलो पटक हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ