२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमनमोहन मेमोरियल अस्पताललाई २ लाख ५० हजार जरिवाना, नर्भिक अस्पतालसँग लिखित जवाफ माग

मनमोहन मेमोरियल अस्पताललाई २ लाख ५० हजार जरिवाना, नर्भिक अस्पतालसँग लिखित जवाफ माग


काठमाडौं–ठमेलस्थित मनमोहन मेमोरियल अस्पतालले युएसजी गर्दा बढी शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५० हजार जरिवाना गरेको छ ।

मंगलबार विभागको टोलीले गरेको निरीक्षणका क्रममा लकडाउन अगाडि ९ सय रुपैयाँ लिएर गरिरहेको युएसजी अहिले १ हजार ७ सय रुपैयाँ लिएको पाइएपछि जरिवानासहित कार्वाही गरेको विभागले जनाएको छ ।

उसले उपभोक्ता हित संरक्षण ऐन, २०७५ अनुसार सो कार्वाही गरेको जनाएको छ ।

त्यसैगरी, सोमबार विभागले गरेको अनुगमनमा थापाथलीस्थित नर्भिक अस्पतालमा ओपिडी शुल्क बढी लिएको भन्दै लिखित जवाफसहित उपस्थित हुन भनेको छ । विभागले नर्भिक अस्पतालले लकडाउन अगाडि ओपीडी शुल्क ५ सय र इमर्जेन्सी शुल्क १ हजार २ सय ५० लिदैं आएकोमा हाल ओपीडी शुल्कलाई इमर्जेन्सी/ओपीडी भनेर ७ सय ५० लिएको भन्दैं तीन दिनभित्र लिखित जवाफसहित विभागमा सम्पर्क गर्न भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ