२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा १, भक्तपुरमा २ जनासहित थप २६ जनामा देखियो कोरोना संक्रमण, एकैदिन भेटिए ८३ संक्रमित

काठमाडौंमा १, भक्तपुरमा २ जनासहित थप २६ जनामा देखियो कोरोना संक्रमण, एकैदिन भेटिए ८३ संक्रमित


काठमाडौं-भक्तपुर, काठमाडौं, पर्सा, महोत्तरी, धनुषा र सर्लाही जिल्लामा गरी थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । मंगलबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी गरेको हो । यससँगै मंगलबारै मात्र ८४ जना नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार काठमाडौंमा एक जना ३३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, भक्तपुरमा २ जना एक २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको छ ।

यस्तै, पर्सा जिल्लामा थप १८ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टी भएको छ । पर्सामा २२, २८, २८, ३२, ४५, ६० वर्षीया गरी ६ महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय गरी १२ जना पुरुषका कोरोना पोजेटिभ पुष्टी भएको हो ।

महोत्तरीमा २ जनामा पुरुषमा पनि कोरोना पोजेटिभ पुष्टी भएको मन्त्रालयले जनाएको छ । ती कोरोना संक्रमित १६ र ३५ वर्षीय पुरुष रहेका छन् । यस्तै, धनुषामा पनि २ जनामा कोरोना पुष्टी भएको छ । कोरोना देखिएका २ जनामध्ये एक २० वर्षीय महिला र अर्का ४० वर्षीय पुरुष रहेका छन् ।

यसैगरी सर्लाहीमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना देखिएका उनी ४५ वर्षका पुरुष रहेका छन् ।

यसअघि मंगलबार नै पर्सामा ३९ जना, रुपन्देहीमा ९ जना, कपिलवस्तुमा ८ जना र बारामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो । मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै नेपालका कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । जसमध्ये ३४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ